काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणका पूर्वअध्यक्षद्वय दिगम्बर झा र पुरुषोत्तम खनाललाई मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस) भ्रष्टाचार मुद्दामा दोषी ठहर भएका छन् ।
विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर, सदस्यहरु रितेन्द्र थापा र विदुर कोइरालाको इजलासले झा र खनाललाई भ्रष्टाचार ठहर गरेको हो ।
यो प्रकरणमा १४ जना मुछिएका थिए भने पूर्वअध्यक्षद्वय झा र खनाल बाहेक अरु कर्मचारीहरुले सफाइ पाएका छन् ।
भन्सार छलेर ल्याइएका मोबाइल सेटलाई निष्कृय बनाउने उपकरण खरिदमा भ्रष्टाचार भएको भनी अख्तियारले पुस, २०८० मा भ्रष्टाचार मुद्दा दायर गरेको थियो ।
अख्तियारले ठेक्का भएको रकम ९१ करोड ९८ लाख रुपैयाँ भ्रष्टाचार भएको दावी गरेको थियो ।
विशेष अदालतले भुक्तानी भएको रकम २३ लाख २० हजार रुपैंयालाई मात्रै भ्रष्टाचार ठहर गरी त्यसै अनुसार विगो कायम गरेको हो ।
प्रतिक्रिया दिनुहोस