सोमबार, चैत्र ४ २०८१

सोमबार, चैत्र ४ २०८१

नेपाल लाइफ इन्स्योरेन्सका निर्वाचित ३ संचालकद्वारा पदबहाली

नेपाल लाइफ इन्स्योरेन्सका निर्वाचित ३ संचालकद्वारा पदबहाली

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडमा निर्वाचित ३ जना संचालकले पदबहाली गरेका छन् । निर्वाचित बिमल प्रसाद ढकाल, कृष्णराज लामिछाने र शर्मिला श्रेष्ठ महर्जनले पदबहाली गरेका छन् ।

लिमिटेडको २५औं वार्षिक साधारण सभाको निर्णयानुसार स्थगन रहेको सर्वसाधारण शेयरधनीहरु (समूह ख) को संचालक निर्वाचन सम्बन्धी बाँकी कार्यक्रम २०८१ चैत्र २ गते शनिबार होटल भिष्वा बीरगंजमा सम्पन्न भएको सभाबाट ३ जना निर्वाचित भएका हुन् ।

निर्वाचनपछि शनिबार बसेको कम्पनी संचालक समितिको ३९३औं बैठकमा बीमा ऐन, २०७९ बमोजिम नवनिर्वाचित ३ जना संचालक सदस्यहरुले गोविन्द लाल संघईबाट सपथ ग्रहण गरी पदबहाली गरेका हुन् ।

 

 

सम्बन्धित विषय:
ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend