२०८३, जेठ २२ गते

शुक्रवार, जेठ २२ गते २०८३

एआइजी दीपक थापा बने नेपाल प्रहरीको ३१ औं महानिरीक्षक

सोमवार , चैत्र ३, २०८१

काठमाडौं । नेपाल प्रहरीले नयाँ महानिरिक्षक (आइजिपी) पाइएको छ । प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) दीपक थापा नेपाल प्रहरीको ३१ औं महानिरीक्षक बनेका छन्। सोमबार बसेको मन्त्रिपरिषद बैठकले एआइजी थापालाई आइजिपीमा बढुवा गरेको हो ।

थापाले अन्य दुई प्रतिस्पर्धीलाई पछि पार्दै मुलुकको प्रहरी संगठनको नेतृत्व लिन सफल भएका छन्। गृह मन्त्रालयको प्रस्तावमा मन्त्रिपरिषदले थापालाई प्रहरीको महानिरीक्षक नियुक्त गरेको हो। महानिरीक्षक वसन्त बहादुर कुँवर सेवा अवधि पुरा गरी अनिवार्य अवकासमा गएपछि सोमबारदेखि प्रहरी महानिरीक्षक पद रिक्त भएको छ ।

एआईजीमध्ये जेष्ठता र कार्यसम्पादन मूल्यांकनका आधारमा थापालाई आईजी बनाइएको हो । थापासँगै एआईजीद्वय सुदीप गिरी र टेकबहादुर तामाङ पनि महानिरीक्षकको प्रतिस्पर्धामा थिए ।आईजीमध्ये थापा वरिष्ठ हुन् ।

उनी अहिले केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) प्रमुख छन्। पुरानो प्रहरी ऐन कायम रहेमा थापाको कार्यकाल ६ महिनाको हुने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट