logo

२०८१ बैशाख १४ शुक्रबार

logo
  • शुक्रबार, १४ बैशाख २०८१
  • प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गत सडक निर्माणमा खटिएकी मजदूरको मृत्यु

    प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गत सडक निर्माणमा खटिएकी मजदूरको मृत्यु

    3.4K
    Shares

    कालिकोट । कालीकोटको पचालझरना गाउँपालिकामा प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गत सडक निर्माणमा खटिएकी महिला मजदूरको मृत्यु भएको छ । सडक निर्माण गर्दै गर्दामाथि आएको ढुङ्गाले च्यापिएर पचालझरना गाउँपालिका–३ कि ४७ वर्षीया बिउरा ऐडीको मृत्यु भएको हो । 

    प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गत गाउँपालिकाको लाफा चौथा सडक मर्मत काम गरिरहेको बेला माथिबाट खसेको ढुङ्गामा च्यापिएर उनको मृत्यु भएको गाउँपालिका अध्यक्ष खड्कराज सेजुवालले बताए । ‘‘सडक निर्माण गर्दै गर्दा एक्कासि माथिबाट खसेको ढुङ्गा लागेर ऐडीको मृत्यु भएको छ’ उनले भने, ‘ऐडीको परिवारलाई राहत दिने निर्णय भएको छ ।’  


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend