बुधबार, चैत्र १३ २०८१

बुधबार, चैत्र १३ २०८१

राष्ट्रिय जीवन बिमा कम्पनीले पुँजी बढाएर ५ अर्ब पुर्‍याउने

राष्ट्रिय जीवन बिमा कम्पनीले पुँजी बढाएर ५ अर्ब पुर्‍याउने

काठमाडौं । सरकार स्वामित्वको राष्ट्रिय जीवन बिमा कम्पनी लिमिटेडले पुँजी बढाउने भएको छ । पुँजी बढाउन कम्पनीले आउँदो वैशाख २ गते प्रथम साधारणसभा बोलाएको छ ।

गत असार ३० गते बसेको सञ्चालक समितिको ५५औं वैठकले स्वीकृत गरेको पुँजी वृद्धि योजनालाई अनुमोदन गर्ने भएको छ । साधारणसभामा आर्थिक वर्ष ०६९/०७० देखि ०७३/०७४ सम्मको वासलात तथा नाफा नोक्सान हिसावलगायत वित्तीय विवरण पारित गर्ने रहेको कम्पनीले जनाएको छ ।

आर्थिक वर्ष ०७६/०७७ देखि ०७८/०७९ सम्म लेखापरीक्षक नियुक्त गर्ने भएको छ । कम्पनीले १ वर्षभित्र ५ अर्ब रुपैयाँ चुक्ता पुँजी पुर्‍याउनुपर्ने भएको छ । कम्पनीमा नेपाल राष्ट्र बैंकको ५५.५६ प्रतिशत सेयर लगानी छ भने उसले थप पुँजी लगानीको प्रतिवद्धता जनाइसकेको छ । नेपाल सरकारले पनि थप पुँजी लगानीको प्रक्रिया अगाडि बढाएको छ ।

संस्थान पब्लिक लिमिटेडमा रुपान्तरण भएसँगै सार्वजनिक निष्कासनमार्फत सर्वसाधारणलाई सेयर जारी गर्नुपर्ने प्राधिकरण स्रोतले जनाएको छ । जारी पुँजीको कम्तीमा ३० प्रतिशत सेयर सर्वसाधारणलाई बिक्री गर्न छुट्याउनुपर्ने व्यवस्था गरिएको छ।

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend