२०८३, जेठ २१ गते

बिहिवार, जेठ २१ गते २०८३

शिखर इन्स्योरेन्सको आयोजनामा सर्भेयर सेमिनार सम्पन्न, ४ जना सम्मानित

बुधवार , चैत्र २६, २०८१

काठमाडौं । शिखर इन्स्योरेन्सको आयोजनामा सर्भेयर सेमिनार सम्पन्न भएको छ । बीमा दाबी प्रक्रियालाई सरल, छिटो छरितो वनाई दाबी फछ्र्यौट गर्न सर्भेयरको अहम भुमिकालाई स्वतन्त्र, निस्पक्ष तथा प्रभावकारी बनाउन सहजिकरण गर्ने उद्देश्यका साथ यस शिखर इन्स्योरेन्स कम्पनीले आयोजना गरेको “Capacity Enhancement for Professional Excellence in Claim Management” विषयक चौथो सर्भेयर सेमिनार कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रममा पाँच वटा कार्यपत्र प्रस्तुत भएका थिए । जसमा कम्पनीका तर्फबाट शिखर इन्स्योरेन्सका महाप्रवन्धक उदित प्रसाद काफ्ले , २०८१ म आएको बाढी दाबीका सम्बन्धमा सर्भेयरका तर्फबाट नेपाल इन्स्योरेन्स सर्भेयर महासचिव बिकास महर्जन, बिद्युतिय सवारी साधनको दाबी सम्बन्धमा सर्भेयर प्रेम लाल तामाङ, बातावरणीय जोखिमका सम्बन्धमा पुनर्बीमकका तर्फबाट हिमालयन रिइन्स्योरेन्सका तर्फबाट कार्यकारी निर्देशक सिसिर गैरे र नेपाल बीमा प्राधिकरणका तर्फबाट निर्देशक शाम्बराज लामिछानेले दाबी फछ्र्यौटमा सर्भेयरको भुमिकाबारे कार्यपत्र प्रस्तुत गरेका थिए । प्रस्तुत भएका कार्यपत्रको छलफल समेत भएको थियो ।

काठमाडौंमा आयोजित कार्यक्रममा ११० जना सर्भेयर, बिभिन्न विषयका विषय बिज्ञ तथा कम्पनीका कर्मचारी लगायत गरी १९० जनाको सहभागिता थियो । कार्यक्रमको समापन समारोहको सभापतित्व शिखर इन्स्योरेन्स कम्पनीका अध्यक्ष गौरव अग्रवालले गरेका थिए भने कार्यक्रमको प्रमुख आतिथ्यता नेपाल बीमा प्राधिकरणका अध्यक्ष शरद ओझा, बिशिष्ट अतिथि नेपाल बीमा प्राधिकरणका पूर्व अध्यक्ष प्रा.डा.फत्त बहादुर केसी अतिथि नेपाल बीमक संघका अध्यक्ष बिरेन्द्र बैदावार श्रेत्रिले गरेका थिए ।

समापन कार्यक्रममा कम्पनीको आ.व. २०८०/०८१ मा परेका दाबीमा कम्पनीबाट सर्भेयर कार्यका लागि खटेर उत्कृष्ट सेवा प्रदान गर्ने शेर बहादुर बुडा, लोचन केन्द्र देवकोटा, रविन शर्मा र अमिर खनाल सहित चार जना सर्भेयरलाई सम्मान समेत गरिएको थियो ।

समारोहमा प्राधिकरणका अध्यक्ष शरद ओझाले यस्ता खातका कार्यक्रमले सर्भेयरको क्षमता अभिबृद्धि गर्ने हुनाले कार्यक्रमको आयोजना गरेकोमा प्रसंसा गर्दे सम्मानित हुने सर्भेयरलाई बधाई दिँदै यस्ता सम्मानले समय सिमा भित्र कार्य सम्पन्न गर्न उत्प्रेरणा दिएको भन्दै बधाई दिए ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट
ट्रेन्डिङ