२०८३, जेठ २१ गते

बिहिवार, जेठ २१ गते २०८३

पोखरा महानगरपालिका–४ का वडाअध्यक्ष पराजुली पक्राउ

बुधवार , बैशाख २४, २०८२

पोखरा । पोखरा महानगरपालिका वडा नम्बर ४ का अध्यक्ष देवकृष्ण पराजुली पक्राउ परेका छन् । व्यवसायी लेखनाथ सुवेदीको जाहेरीका आधारमा वडाध्यक्ष पराजुलीलाई पक्राउ गरिएको हो ।

वडाध्यक्ष पराजुलीले हातपात गरेको भन्दै वडा नम्बर ४ कै व्यवसायीले मंगलबार किटानी जाहेरी दिएका थिए । वडाध्यक्ष पराजुलीले मंगलबार महानगरको प्रमुख प्रशासकीय अधिकृतको कार्यकक्षमा प्रशासन शाखा प्रमुख इश्वरीप्रसाद पोख्रेललाई हातपात गरेका थिए ।

पोखराको ढिकीडाँडाबाट पक्राउ गरिएका पराजुलीविरुद्ध सार्वजनिक हित, स्वास्थ्य, सुविधा तथा नैतिकताविरुद्धको कसुरमा अनुसन्धान अगाडि बढाइने प्रहरीको भनाइ छ ।

सम्बन्धित विषय:

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट