२०८३, जेठ २५ गते

सोमवार, जेठ २५ गते २०८३

आगामी आर्थिक वर्षको बजेट यथार्थपरक हुन्छ : मन्त्री भण्डारी

बिहिवार , बैशाख २५, २०८२

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले आगामी आर्थिक वर्षको बजेट यथार्थपरक हुने दाबी गरेका छन् ।

बिहीबार काठमाडौंमा १० औं नेपाल इन्टरनेशनल टे«ड फेयरको उद्घाटन गर्दै उनले यस्तो बताएका हुन् ।

उनले सरकार बजेटको सम्मुखमा रहेको बताउँदै लगानीको क्षेत्रलाई प्राथमिकीकरण गरेर लगानी गर्ने किसिमको बजेट आउने दाबी गरे । उनले विगतका कमी कमजोरी सुधार गरेर आर्थिक अनुशासन कायम गरी ठोस बजेट ल्याउने बताए ।

नेपालको उद्योग व्यापार बिस्तारको लागि औद्योगिक पूर्वाधार, विशेष आर्थिक क्षेत्र प्राधिकरणसहित लगायतका क्षेत्रलाई अब नयाँ मोडालिटीका साथमा हामी अघि बढ्न खोजिरहेको उनले बताए ।

मन्त्री भण्डारीले भने, ‘सरकारले केही समयपछि बजेट पनि ल्याउँदैछ । हामी बजेटको सम्मुखमा पनि छौँ । आगामी आर्थिक वर्षको बजेट यथार्थपरक बजेट हुनेछ । लगानीको क्षेत्रलाई प्राथमिकीकरण गरेर लगानी गर्ने किसिमको हुनेछ । यो कुरामा पनि अहिले हिजो अभ्यासमा हामी जहाँ जहाँ चुक्यौँ । अर्थिक अनुशासन,जहाँ जहाँ उल्लंघन भए ।’

उनले थप भने, प्रणालीभित्र जेजे खालका समस्या थिए । यो कुरालाई पनि चिन्हित गरेर सरकारले ठोस खालको बजेट ल्याउनेछ । अहिले संसदमा एउटा महत्वपूर्ण विधेयक वैकल्पिक लगानीका लागि सरकारको तर्फबाट संसदमा प्रस्ताव भएको छ । निजी क्षेत्रलाई प्रोत्साहित गर्नेगरी अघि बढेको छ । नेपालको उद्योग व्यापार बिस्तारको लागि औद्योगिक पूर्वाधार, विशेष आर्थिक क्षेत्र प्राधिकरणसहित लगायतका क्षेत्रलाई पनि अब नयाँ मोडालिटीका साथमा हामी अघि बढ्न खोजिरहेका छौँ ।

सरकारको नीति कार्यक्रममा त्यो कुरालाई छोएको छ । उठाएको छ । अब हामी ठूला औद्योगिक पार्कहरु निर्माण गर्दाखेरी, विशेष आर्थिक क्षेत्र जहाँ निर्यातको लागि पूर्वाधार निर्माण गर्नुपर्ने हो, पिपिपि मोडालिटीबाट अघि बढाइरहेका छौँ ।’

मन्त्री भण्डारीले उच्चस्तरीय आर्थिक सुझाव सुधार आयोगले दिएका सुझावलाई ध्यानमा राखेर रुग्ण उद्योगहरुको डिडिए पूरा गर्ने बताए । उनले रुग्ण उद्योगहरुको डिडिए साउन १५ भित्र पूरा गरेर नयाँ मोडालिटीका साथ अघि बढ्ने बताए ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट