२०८३, जेठ २५ गते

सोमवार, जेठ २५ गते २०८३

विद्युत प्राधिकरणको डिडिए गराउँछौँ, श्वेतपत्रमार्फत प्राधिकरणको अहिलेको यथार्थ बाहिर ल्याइएको छ : मन्त्री खड्का

शुक्रवार , बैशाख २६, २०८२

काठमाडौं । उर्जा, जलस्रोत तथा सिंचाईमन्त्री दीपक खड्काले नेपाल विद्युत प्राधिकरणको वित्तीय विवरण र सम्पत्ति तथा दायित्वको मूल्याङ्कन (डीडीए) गरिने बताएका छन् ।

शुक्रबार संसद भवन परिसरमा सञ्चारकर्मीहरुसँग संक्षिप्त कुराकानी गर्दै मन्त्री खड्का यस्तो बताएका हुन् । उनले श्वेतपत्रमार्फत विद्युत प्राधिकरणको अहिलेको यथार्थ बाहिर ल्याइएको बताए । विद्युत प्राधिकरण घाटामा गएको हो ? भन्ने सञ्चारकर्मीको प्रश्नमा मन्त्री खड्काले प्राधिकरणको अहिलेको यथार्थ सार्वजनिक गरिएको भन्दै अध्ययन गर्न सुझाव दिए ।

उनले भने, ‘श्वेतपत्रमा अहिलेको जे यथार्थ हो त्यो ल्याइदिएको हो । त्यसको राम्रोसँग अध्ययन गर्नको लागि म सबैलाई सल्लाह पनि दिन चाहान्छु । हामी प्राधिकरणको पछिल्लो अवस्थाको डिडिए गराउँछौं ।’

अब मुलुकमा लोडसेडिङ नहुने समेत मन्त्री खड्काले स्पष्ट पारे । प्राधिकरणले गत शुक्रबार श्वेतपत्र जारी गर्दै सहायक तथा संवद्ध कम्पनीहरूको प्रवद्र्धनका लागि कुल ४१ अर्ब १३ करोड रुपैयाँ संस्थागत जमानत प्रदान गरेको जनाएको थियो । बाँकी भुक्तानीको लागि जगेडा नरहेको हुँदा १० अर्ब रुपैयाँ अल्पकालिन ऋण लिने प्रक्रिया अगाडि बढेको जानकारी गराएको थियो ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट