२०८३, जेठ २१ गते

बिहिवार, जेठ २१ गते २०८३

मधेस प्रदेश : जीवन बिमाबाट ११ अर्ब १६ करोड संकलन

शुक्रवार , जेठ ३, २०८२

पर्सा । नेपाल बिमा प्राधिकरण मधेस प्रदेश कार्यालयले चालु आर्थिक वर्षको नौ महिनामा जीवन बिमा शुल्कबापत ११ अर्ब १६ करोड ७९ लाख रुपैयाँ संकलन गरेको छ । उक्त कार्यालयले गत वर्ष जीवन बिमा शुल्कतर्फ भने १४ अर्ब एक करोड २८ लाख रुपैयाँ संकलन गरेको थियो ।

उक्त कार्यालयकी प्रमुख प्रीति देवले चालु आवको नौ महिनामा ८६ हजार ६७० ले जीवन बिमा गरेको बताइन् । कार्यालयले सोही अवधिमा दुई अर्ब ५४ करोड ६० लाख रुपैयाँ दाबी भुक्तानी गरेको छ । अझै ३९ करोड ६४ लाख रुपैयाँ दाबी भुक्तानी गर्न बाँकी रहेको उनले जानकारी दिइन् ।

प्राधिकरणले जीवन बिमातर्फ सातवटै प्रदेशबाट चैत मसान्तसम्म एक खर्ब २७ अर्ब तीन करोड रुपैयाँ शुल्क संकलन गरेको छ ।

 

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट
ट्रेन्डिङ