२०८३, जेठ २१ गते

बिहिवार, जेठ २१ गते २०८३

विश्व पौडेल बन्ने भए राष्ट्र बैंकको गभर्नर

मंगलवार , जेठ ७, २०८२

काठमाडौं । नेपाल राष्ट्र बैंकको गभर्नरमा प्रा.डा. विश्व पौडेल नियुक्त हुने भएका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवाबीच मंगलबार भएको छलफलका क्रममा पौडेललाई गभर्नर बनाउने सहमति जुटेको हो ।

यस सहमतिसँगै आजै मन्त्रिपरिषद्को बैठकबाट औपचारिक निर्णय हुनेछ ।

दुई दलबीच लामो रस्साकस्सीपछि अब राष्ट्र बैंकले रिक्त भएको डेढ महिनापछि नयाँ गभर्नर पाउने भएको हो ।

त्यस्तै, उपप्रधान तथा अर्थमन्त्री नेतृत्वको गभर्नर सिफारिस समितिको बैठक पनि आजै (मंगलबार) दिउँसो बस्दैछ । उक्त बैठकले गभर्नरका लागि पौडेलसहित तीनजनाको नाम सिफारिस गर्नेछ ।

अमेरिकाबाट अर्थशास्त्रमा पिएचडी गरेका पौडेल पछिल्लो समय काठमाडौं विश्वविद्यालयको स्कुल अफ म्यानेजमेन्टका प्रोफेसर थिए ।

 

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट