२०८३, जेठ २१ गते

बिहिवार, जेठ २१ गते २०८३

शिखर इन्स्योरेन्सले पायो इक्रा नेपालबाट एए माइनसको रेटिङ, सुरक्षित बीमा कम्पनीका रुपमा उभ्याउन सफल

शुक्रवार , जेठ १०, २०८२

काठमाडौं । शिखर इन्स्योरेन्सले इक्रा नेपालबाट एए माइनसको रेटिङ प्राप्त गरी नेपालको सबै भन्दा बलियो तथा सुरक्षित बीमा कम्पनीका रुपमा उभ्याउन सफल भएको छ ।

नेपाल सरकारको लगानी तथा बैदेशिक लगानी रहेको कम्पनीहरु बाहेकका कम्पनीहरु मध्ये एए माइनस रेटिङ वा सो भन्दा उच्च क्रेडिट रेटिङ प्राप्त गर्ने एक्लो कम्पनीका रुपमा रहेको समेत सहर्ष जानकारी गराउन चाहन्छौं । नेपालमा सरकारको स्वमित्व रहेको दुइ वटा निकाय र बैदेशिक लगानी रहेको तीन वटा बैंकहरुले मात्र एए माइनस वा सो भन्दा उच्च स्तरको रेटिङ प्राप्त गरेको छ ।

रेटिङका क्रममा इक्रा नेपालबाट कम्पनीको निम्न सबल पक्षहरुको विश्लेषण गरिएको छ ।

- यथ्यस्थ महाविपत्ति पुनर्बीमा तथा उत्कृष्ट पुनर्बीमा तथा जोखिम व्यवस्थापन

शिखर इन्स्योरेन्सले नेपालको बीमा क्षेत्रमध्यकै सबै भन्दा अधिक रकम तथा सबैभन्दा अधिक मात्राको महाविपत्ति पुनर्बीमा व्यवस्था गरेको छ । Hanover Re तथा Swiss Re जस्ता अन्तराष्ट्रिय रुपमै अग्रणी पुनर्बीमा कम्पनीहरुको साथ पाएको शिखर इन्स्योरेन्सले आफ्ना पुनर्बीमकहरुकै साथका कारण भुकम्प तथा बाढी लगायतका बीमा दाबीको दाबी द्रुत गतीमा भुक्तानी गर्न सफल रहेको छ ।

विगतमा समेत भुकम्प बाढी तथा पहिरो तथा हुलदंगाको दाबी भुक्तनी दु्रत गतिमा भुक्तानी गरी नेपालको निर्जिवन बीमा क्षेत्रमा उत्कृष्ट बीमा कम्पनीका रुपमा आफूलाई प्रमाणित गर्दै आएको छ ।

यसका साथै, शिखर इन्स्योरेन्स ISO 27001 Information Security Management System को अन्तराष्ट्रिय गुणस्तरको प्रमाणपत्र प्राप्त गर्ने पहिलो र एक्लो निर्जिवन बीमा कम्पनीका रुपमा समेत रहेको छ ।

- उत्कृष्ट सोल्भेन्सी अनुपात

नेपाल बीमा प्राधिकरणबाट जारी गरिएको जोखिममा आधारित पँजी सम्बन्धि व्यवस्थाहरु अनुसार समेत ३.६७ को उत्कृष्ट सोल्भेन्सी अनुपातसंगै शिखर इन्स्योरेन्सले आफ्नो वित्तीय अवस्थालाई मजबुत बनाउँदै आएको छ । नेपाल बीमा प्राधिकरणबाट जारी गरिएको रु.२५० करोडको न्युनतम चुक्ता पुँजी कायम भैसकेको अवस्थामा समेत नगद लाभांसको साटो बोनस शेयरको माध्यमबाट चुक्ता पुँजी थप वृद्धि गरी आफ्नो मजबुत वित्तीय अवस्थालाई कायम गर्दै आएको छ ।

- बजार हिस्सा

शिखर इन्स्योरेन्सले विगत १० वर्ष देखि निरन्तर रुपमा नेपालको निर्जिवन बीमा क्षेत्रमा सबै भन्दा अधिक बजार हिस्सा ओगटन सफल रहँदै आएको छ । अन्य बीमा कम्पनीहरु एक आपसमा गाभिएर संयुक्त कारोबार गरेको अवस्थामा समेत शिखर इन्सयोरेन्सले आफ्नो बजार हिस्सा कायमै राख्न सफल रहँदै आएको छ ।

- अनुभवी व्यवस्थापन पक्ष

कम्पनीको अनुभवी व्यवस्थापन पक्षको साथ संगै कम्पनीले आफ्नो जोखिम व्यवस्थापनलाई मजबुत बनाउँदै आइरहेको छ ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट
ट्रेन्डिङ