काठमाडौं । नेपाली कांग्रेसका युवा नेता सांसद डा सुनिल शर्माले मोरङको पथरी शनिश्चरे नगरपालिकाको वडा नं ०२ र उर्लाबारी नगरपालिको वडा नं ०३ को सीमामा पर्ने सुनझोडा खोलामा मोटरेवल पुलको शिलान्यास गरेका छन्।
आज शनिबार बिहान एक औपचारिक कार्यक्रमका पूर्वमन्त्री तथा मोरङको निर्वाचन क्षेत्र नम्बर १ का संघीय सांसद डीगबहादुर लिम्बु र निर्वाचन क्षेत्र नम्बर ३ का संघीय सांसद् शर्मा, प्रदेश सांसद गिता तिम्सिना, मान बहादुर लिम्बु, शोभा चेम्जोङले संयुक्त रुपमा उक्त खोलामा दुई लेनको पक्की पूल निर्माणको शिलान्यास गरेका हुन् ।

संघीय सांसद लिम्बु, प्रदेश सांसद लगायतका जनप्रतिनिधिहरूले उक्त खोलामा शनिबार बिहान परेको अविरल वर्षाका कारण आएको बाढीमा जोखिम मोल्दै खोला तरेर शिलान्यास गरेका थिए ।
आगामी डेढ वर्षभित्र निर्माण सम्पन्न गर्ने लक्ष्यका साथ विराटनगरको कार्की बन्धु कन्स्ट्रक्सन प्रालिले पाँच करोड ७० लाखमा उक्त ३० मिटर लम्बाईको पुल निर्माणका लागि ठेक्का सम्झौता गरेको छ।
शर्माको पहलमा सङ्घीय सरकारको सहरी विकास मन्त्रालयबाट उक्त पुल निर्माणका लागि बजेट विनियोजन भएको थियो। उक्त अवसरमा मोरङ क्षेत्र नम्बर १ र ३ का प्रदेश सांसदहरू क्रमश, मानबहादुर लिम्बु, विद्या चाम्लिङ राई, शोभा पालुङ्गवा लिम्बु, पथरी शनिश्चरे नगरपालिकाका प्रमुख मोहनप्रसाद तुम्बापो, उर्लाबारी नगरपालिकाका प्रमुख गंगाप्रसाद खरेल, पथरिशनिश्चरे वडा नं २ का वडाध्यक्ष नैना राई, उर्लाबारी–३ का वडाध्यक्ष भिष्मराज बुढाथोकीलगायत जनप्रतिनिधिहरूको उपस्थिति रहेको थियो।

यसैगरी, मोरङ क्षेत्र नम्बर ३ का संघीय सांसद शर्माले पूर्व पश्चिम एसियन हाइवे पथरी शनिश्चरे वडा नं १० को जिरीखिम्ती सडक खण्डको विवादित क्षेत्रमा अवलोकन तथा भ्रमण गरेका थिए ।
प्रतिक्रिया दिनुहोस