काठमाडौं । आईसीसी विश्वकप क्रिकेट लिग २ अन्तर्गत नेपालले आज स्कटल्यान्डसँग खेल्दै छ ।
स्कटल्यान्डको डुन्डेस्थित फोर्थहिल क्रिकेट स्टेडियममा नेपाल र घरेलु टिम स्कटल्यान्डबीच खेल हुनेछ । खेल नेपाली समयअनुसार दिउँसो ३ बजेर ४५ मिनेटमा सुरु हुनेछ ।
तेस्रो खेलमा नेपाल लगातार तेस्रो जितको खोजीमा हुनेछ भने घरेलु टिम स्कटल्यान्ड पहिलो खेलमा ब्यहोरेको हारको बदला लिने दाउमा हुनेछ ।
यसअघि गत सोमबार नेपालले स्कटल्यान्डलाई १ विकेटले र बुधबार नेदरल्यान्ड्सलाई ५ विकेटले पराजित गरेको थियो ।
प्रतिक्रिया दिनुहोस