२०८३, जेठ २२ गते

शुक्रवार, जेठ २२ गते २०८३

यूईएफए नेसन्स लिगको च्याम्पियन बन्यो पोर्चुगल

सोमवार , जेठ २७, २०८२

काठमाडौं । पोर्चुगल यूईएफए नेसन्स लिगको च्याम्पियन बनेको छ । साविक विजेता स्पेनलाई ‘टाइब्रेकर’मा ५–३ ले पराजित गर्दै च्याम्पियन बनेको हो ।

‎खेल आइतबार जर्मनीको म्युनिखस्थित एलियन्ज रंगशालामा सम्पन्न भएको हो । निर्धारित ९० मिनेट र अतिरिक्त समयमा दुवै टोलीबाट २–२ को बराबरी भएको थियो । त्यसपछि पेनाल्टी सुटआउट भएको थियो ।

‎पेनाल्टीमा पोर्चुगलका लागि गोन्सालो रामोस, भिटिन्हा, ब्रुनो फर्नान्डेस, नुनो मेन्डिस र रुबेन नेभेसले गोल गरे ।

‎स्पेनका मिकेल मेरिनो, एलेक्स बाइना र इस्कोले गोल गरे । अल्भारो मोराटाको प्रहारलाई भने पोर्चुगलका गोलकिपर डियगो कोस्टाले बचाए ।

‎‎पोर्चुगल दोस्रो पटक च्याम्पियन बनेको हो । यसअघि टोलीले सन् २०१९ मा यो उपाधि जितेको थियो ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट