काठमाडौं । आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत त्रिदेशीय शृंखलाको अन्तिम खेलमा नेपालले आज नेदरल्यान्ड्सविरुद्ध प्रतिस्पर्धा गर्दै छ ।
यसअघि नेपालले तीन खेल खेल्दा पहिलो खेलमा स्कटल्यान्डलाई एक विकेटले र दोस्रो खेलमा नेदरल्यान्ड्सलाई पाँच विकेटले पराजित गर्दा तेस्रो खेलमा भने स्कटल्यान्डसँग दुई रनले पराजित भएको थियो ।
प्रतियोगितामा आजको खेलमा नेपाल तेस्रो जितको खोजिमा हुनेछ ।
यता, नेदरल्यान्ड्स भने जारी शृंखलामा अझै पहिलो जितको खोजीमा छ । सँग ४४ रनले पराजित भएको थियो ।
स्कटल्यान्डको डुन्डीमा हुने यो खेल नेपाली समयअनुसार दिउँसो ३ः४५ बजेदेखि सुरु हुनेछ ।
लिग–२ तालिकामा नेपाल सातौँ स्थानमा छ । १५ खेल खेलेको नेपालले १० अंक जोडेको छ ।
प्रतिक्रिया दिनुहोस