२०८३, जेठ २२ गते

शुक्रवार, जेठ २२ गते २०८३

नेदरल्याण्ड्सविरुद्ध पहिले ब्याटिङ गर्दै नेपाल, खेलमा तीन परिवर्तन

मंगलवार , जेठ २८, २०८२

काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग २ क्रिकेटअन्तर्गत नेदरल्याण्ड्ससँगको खेलमा नेपालले टस हारेर पहिले ब्याटिङ गर्ने भएको छ ।

नेदरल्याण्ड्सका कप्तान स्कट एड्वार्ड्सले टस जितेर नेपाललाई पहिले ब्याटिङको निम्तो दिएका हुन् ।

खेल डुनेडीमा केहीबेरमा सुरु हुनेछ ।

नेपालले यस खेलमा तीन परिवर्तन गरेको छ । दुई परिवर्तन वाध्यकारी हुन् ।

टिममा चोटका कारण बाँकी खेल गुमाएका सोमपाल कामी र गुल्शन झाको स्थानमा नन्दन यादव र बसिर अहमद आएका छन् ।

त्यस्तै, ओपनिङ ब्याटर आसिफ शेखको स्थानमा अनिल शाह आएका छन् । अनिल पनि ओपनर विकेट किपिङ ब्याटर हुन् ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट