काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको सञ्चालकमा शमशेर पराजुली नियुक्त भएका छन् ।
असार ६ गते बसेको कम्पनी सञ्चालक समितिको बैठकले पराजुलीलाई सर्वसाधारण समूहको प्रतिनिधित्व हुने गरी नियुक्त गर्ने निर्णय गरेको हो ।
उनी सर्वसाधारण शेयर धनीका तर्फबाट रिक्त रहेको सञ्चालक पदमा नियुक्त भएका हुन् । पराजुली लिबर्टी होल्डिङ्सको तर्फबाट कम्पनीको सञ्चालक समितिमा प्रतिनिधित्व गर्दै छन् ।
बिमा क्षेत्रमा यो पहिलो अनुभव हुने बताउँदै पराजुलीले यहाँबाट सिक्दै केही नयाँ गर्ने आत्मविश्वास रहेको जानकारी दिए ।
पराजुलीले यस अघि ग्लोबल होलिडेज एडभेन्चर प्राली र ग्लोबल सफारीज नेपाल प्रालीमा प्रबन्ध निर्देशकको जिम्मेवारी सम्हालिसकेका छन् । उनले राजनीति शास्त्रमा स्नातकोत्तर गरेका छन् भने स्नातकमा बिजनेश स्टडी अध्ययन गरेका हुन् ।
प्रतिक्रिया दिनुहोस