२०८३, जेठ २१ गते

बिहिवार, जेठ २१ गते २०८३

आमनागरिक जोडिने गरी बीमा कार्यक्रमलाई अगाडि बढाउनुपर्छ : मुख्यमन्त्री कार्की

आइतवार , आषाढ २२, २०८२

काठमाडौं । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आमनागरिक जोडिने गरी बीमा कार्यक्रमलाई अगाडि बढाउनुपर्ने बताएका छन् ।

आईतबार मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा आयोजित अन्तरक्रिया कार्यक्रममा बोल्दै मुख्यमन्त्री कार्कीले सरकारले बीमा नीति बनाउन कानुन बनाउने र सुविधा पनि दिने तर जनता भने नजोडिने खालको स्थिति भएमा त्यसले राम्रो सन्देश नदिने बताए ।

उनले भने– ’राज्यले बीमा कम्पनीहरूलाई सुविधाहरू दिने नीति बनाइदिने तर सामान्य नागरिकले यसको सेवा नपाउने हो भने राम्रो हुँदैन । त्यसतर्फ ध्यान दिनुपर्छ ।’

मुख्यमन्त्री कार्कीले प्रदेश सरकारले पनि कोशी प्रदेशमा कस्तो खालको नीति बनाउने र कसरी अगाडि बढ्ने भन्ने विषयमा एउटा कार्यदल बनाएरै काम गर्ने बताए ।

मुख्यमन्त्री कार्कीले भने, ‘चाँडै नै कार्यदल बनाउँछौं र त्यसका आधारमा काम गर्दछौं ।’

उनले बीमाका विविध पक्षहरूका बारेमा आमनागरिकलाई जानकारी दिनुपर्ने अहिलेको आवश्यकता रहेको चर्चा गर्दै कृषि, पशुधन र स्वास्थ्य उपचारको बीमामा ध्यान दिनु पर्नेमा जोड दिनुपर्ने बताए ।

No description available.

अहिले गम्भीर प्रकृतिका रोगहरूको बीमा गर्नुपर्ने आवश्यकता रहेको औल्याउँदै मुख्यमन्त्री कार्कीले यसतर्फ अलि बढी जोड दिन आग्रह गरे । उनले सहकार्यको माध्यमबाट पनि बिमालाई व्यापक बनाउन सकिनेमा जोड दिए । बीमा कम्पनीहरूले बीमाको प्रक्रिया लम्ब्याउने र झन्झट दिने काम पनि रोक्नुपर्ने बताउँदै मुख्यमन्त्री कार्कीले बीमाको प्रक्रिया लम्ब्याएर झन्झट दिएर आम नागरिकलाई दुःख दिन नहुने धारणा राखे ।

नेपाल बीमा प्राधिकरणले आयोजना गरेको कोशी प्रदेश सरकारसँग बीमा सम्बन्धी छलफल कार्यक्रममा कोशी प्रदेश सरकारका मन्त्रीहरू र नेपाल बीमा प्राधिकरणका अध्यक्ष लगायत कोशी प्रदेशका बीमा कम्पनीका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो ।

कार्यक्रममा नेपाल बीमा प्राधिकरणका अध्यक्ष शरद ओझाले कोशी प्रदेशमा करिब ३ अरबको प्रिमियर सङ्कलन हुने र डेढ अरब जति भुक्तानी हुने गरेको जानकारी दिए ।

कोशी प्रदेशका विभिन्न क्षेत्रमा कसरी बीमा कार्यक्रम अगाडि बढाउन सकिन्छ भनेर अध्ययन भइरहेको र प्रदेश सरकारले यदि अध्ययन गर्न चाहेमा सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट
ट्रेन्डिङ