२०८३, जेठ २४ गते

आइतवार, जेठ २४ गते २०८३

नेतृत्व विकास, सकारात्मक मानसिकता र उद्यमशीलता प्रर्वद्धन गर्ने उद्देश्यले ‘राष्ट्रिय युवा महोत्सव’

आइतवार , आषाढ २२, २०८२

काठमाडौँ । युवा विद्यार्थीमा नेतृत्व विकास, सकारात्मक मानसिकता र उद्यमशीलता प्रर्वद्धन गर्ने उद्देश्यले राष्ट्रिय युवा महोत्सव आयोजना हुने भएको छ ।

मोडेल इन्स्टिच्युट अफ टेक्नोलोजी (एमआईटी), सुनौलो नेपाल, परिवर्तनका लागि युवा (युथ फर चेन्ज), वाइइडी टक्स र इन डेप्थ स्टोरी (आइडिएस)को संयुक्त आयोजनामा यही असार २८ मा नेपाल प्रज्ञा प्रतिष्ठानमा महोत्सव आयोजना हुन लागेको सुनौलो नेपालका अध्यक्ष मोहराज पौडेलले जानकारी दिए ।

महोत्सवमा समाजसेवी अनुराधा कोइराला, वरिष्ठ मुटुरोग विशेषज्ञ डा भगवान कोइराला, नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकाल, नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत (सिइओ) मनोज ज्ञवाली, स्टक ब्रोकर एसोसिएसन अफ नेपालका पूर्वअध्यक्ष भरत रानाभाट, अभिनेत्री सुरक्षा पन्त, आध्यात्मिक शिक्षक रुपेश्वर गौर दास र उद्यमी शोभनवीर मालकारलगायत प्रमुख वक्ता रहनेछन् ।

वक्ताहरूले आफ्ना जीवनका अनुभव र भोगाइलाई समेट्दै आफ्नै देशमा अवसरहरू निर्माण गर्न सकिन्छ भन्ने विषयमा धारणा राख्ने जनाइएको छ ।

कार्यक्रममा गायक सबिन राई र फारो र द एलिमेन्ट्स ब्यान्डको साङ्गीतिक प्रस्तुति समेत रहने आयोजकले जानकारी दिएको छ ।

मोडेल इन्स्टिच्युट अफ टेक्नोलोजीका अध्यक्ष सुरेन्द्र सुवेदीले एउटा सकारात्मक सन्देश दिने उद्देश्यले कार्यक्रम गर्न लागिएको जानकारी दिए ।

युथ फर चेञ्जका अध्यक्ष हिमाल विष्टले आफ्नो ज्ञान, सीप र क्षमताको सदुपयोग यसै देशमा केही सफल काम गरी आगामी पुस्ताको असल पथप्रदर्शक बन्नका लागि प्रेरित गर्ने उद्देश्यले कार्यक्रम आयोजना गर्न लागिएको बताए । कार्यक्रम युवाहरूमा सकारात्मक आशा जगाउने र नेपालमा रहेका अवसरहरू देखाउने उद्देश्यले तयार गरिएको छ ।

गत वर्षको पहिलो संस्करणको सकारात्मक प्रभाव र युवाहरूमा देखिएको उत्साहका कारण यस वर्ष पनि यो महोत्सव आयोजना गर्न लागिएको जनाइएको छ ।

विद्यालय शिक्षा (कक्षा १२) बाट उच्च शिक्षाको यात्रा सुरु गर्न नतिजाको प्रतिक्षामा रहेका विद्यार्थीहरूका लागि लक्षित गरी आयोजना हुने यो कार्यक्रम पूर्णतः निःशुल्क छ भने इच्छुक विद्यार्थीहरूले अनलाइनमार्फत आफ्नो नाम दर्ता गराउन सक्नेछन् ।

गत वर्षको संस्करणमा नेत्र विशेषज्ञ डा सन्दुक रुइत, गायिका आनी छोइङ डोल्मा, कलाकार तथा क्याप्टेन विजय लामालगायत सहभागी थिए ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट