२०८३, जेठ २२ गते

शुक्रवार, जेठ २२ गते २०८३

बिआइसिसी र दुतावासको सहयोगमा नेपाली क्रिकेट टोली भारतको बैंगलुरुमा बन्द प्रशिक्षणमा सहभागी हुने

शुक्रवार , श्रावण २, २०८२

काठमाडौं, साउन २ — आगामी टी–२० विश्वकप छनोट प्रतियोगिताको दोस्रो चरणका लागि नेपाली राष्ट्रिय क्रिकेट टोली भारतको बैंगलुरुमा बन्द प्रशिक्षणमा सहभागी हुने भएको छ।

नेपालस्थित भारतीय दूतावासको सहकार्यमा र भारतीय क्रिकेट बोर्डको सहयोगमा बैंगलुरुस्थित राष्ट्रिय क्रिकेट एकेडेमीमा यहि जुलाई २१ देखि अगस्ट ३, २०२५ सम्म बन्द प्रशिक्षण शिविर सञ्चालन हुने नेपाल क्रिकेट संघ क्यानले जनाएको छ।

यस प्रशिक्षणमा २० जना खेलाडीहरू सहभागी हुनेछन् भने बाँकी खेलाडीहरूको बन्द प्रशिक्षण शिविर भने नेपालमै नियमित रुपमा जारी रहनेछ।

बन्द प्रशिक्षणमा सहभागी २० खेलाडीहरूमा कप्तान रोहित कुमार पौडेल, कुशल भुर्तेल, मो. आशिफ शेख, लोकेश बम, अनिल कुमार साह, भिम सार्की, मो. आरिफ शेख, दिपेन्द्र सिंह ऐरी , कुशल मल्ल, रुपेश कुमार सिंह, विवेक कुमार यादव, रिजन ढकाल, प्रतिश जि.सी., नन्दन यादव, युवराज खत्री, साहब आलम, सन्दिप जोरा, सागर ढकाल, आकाश चन्द र शुभ कंसाकार रहेका छ्न ।

टीमको शारीरिक, प्राविधिक र रणनीतिक तयारीलाई बलियो बनाउने उद्देश्यले आयोजित यो अभ्यास शिविरले नेपाली टोलीलाई अन्तर्राष्ट्रिय प्रतियोगितामा अझ प्रतिस्पर्धी बनाउने अपेक्षा गरिएको छ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट