२०८३, जेठ २२ गते

शुक्रवार, जेठ २२ गते २०८३

साफ यू–२० महिला च्याम्पियनसिपमा नेपालको सानदार जित, भुटान ८–० गोलले पराजित

शनिवार , श्रावण ३, २०८२

काठमाडौं । साफ यू–२० महिला च्याम्पियनसिपमा नेपालले भुटानविरूद्ध सानदार जित निकालेको छ ।

शनिबार बंगलादेशको ढाकास्थित किङ्स एरेनामा भएको खेलमा नेपालले भुटानलाई ८–० गोलले पराजित गरेको हो ।

पूर्णिमा राई र मीना देउवाको ह्‍याट्रिक मद्दतमा नेपालले आफ्नो पाँचौं खेलमा भुटानलाई फराकिलो अन्तरले हराएको हो । पूर्णिमा र मीनाको ह्‍याट्रिकसँगै कुसुम खतिवाडाले १ गोल गरिन् ।

प्रतियोगितामा नेपालको भुटानसँग यो दोस्रो भेट हो । नेपालले आफ्नो पहिलो खेलमा गत शुक्रबार भुटानलाई ६-१ गोलअन्तरले हराएको थियो ।

दोस्रो खेलमा आइतबार बंगलादेशसँग ३-२ गोलअन्तरले पराजित भएको नेपालले श्रीलंकासँग तेस्रो र चौथो खेलमा समान ७-० गोलअन्तरको जित निकालेको थियो ।

प्रतियोगितामा नेपालको ५ खेलमा १२ अंक भएको छ ।

नेपालले अन्तिम खेलमा सोमबार बंगलादेशसँग खेल्नेछ ।

 

 

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट