२०८३, जेठ २२ गते

शुक्रवार, जेठ २२ गते २०८३

महिला फुटबल टिमका प्रशिक्षक प्याट्रिक डे वाइल्डले दिए राजीनामा, निर्णय हुन बाँकी

आइतवार , श्रावण ४, २०८२

काठमाडौं । नेपाली राष्ट्रिय महिला फुटबल टिमका मुख्य प्रशिक्षक प्याट्रिक डे वाइल्डले राजीनामा दिएका छन् । वाइल्डले केही दिनअघि इमेलमार्फत राजीनामा पठाएको अखिल नेपाल फुटबल संघले जनाएको छ ।

एएफसी महिला एसियन कप छनोटका दौरान उज्बेकिस्तानमा भएको घटनाक्रमको वास्तविकताबारे जानकारी गराउन एन्फाले वाइल्डलाई पत्र पठाएको थियो । त्यसको जवाफमा वाइल्डले राजीनामा नै पठाएका हुन् ।

एसियन कप छनोट दौरान कप्तान चयनको विषय विवादित बन्दा मुख्य प्रशिक्षक वाईल्ड र नेपाली टिम व्यवस्थापनबीच पनि विवाद भएको थियो ।

वाइल्डले एक अन्तर्वार्तामा एन्फा नसुध्रिए आफू नेपाल नफर्कने भन्दै उज्बेकिस्तानबाट आफ्नै देश बेल्जियम गएका थिए ।

यता नेपाली टोली स्वदेश फर्किएपछि हेड अफ डेलेगेट्स, टिम म्यानेजर र सहायक प्रशिक्षहरुले पत्रकार सम्मेलन गर्दै सबै घटनाक्रम कप्तान चयन लगायत विषयमा मुख्य प्रशिक्षक वाइल्ड नै दोषी रहेको दावी गरेका थिए ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट