२०८३, जेठ २२ गते

शुक्रवार, जेठ २२ गते २०८३

साफ यू-२० महिला च्याम्पियनसिप : निर्णायक खेलमा बंगलादेशसँग खेल्दै नेपाल, जित्नैपर्ने दबाब

सोमवार , श्रावण ५, २०८२

काठमाडौं । बंगलादेशमा जारी साफ यू–२० महिला च्याम्पियनसिपको अन्तिम एवं निर्णायक खेलमा नेपालले आज साविक विजेता बंगलादेशसँग खेल्दै छ ।

बसुन्धरा किङ्स एरेनामा नेपाली समयअनुसार साँझ पौने ७ बजेदेखि सुरु हुनेछ । यस खेलपछि साफ यू–२० को यस संस्करणको विजेताको टुंगो लाग्नेछ ।

हालको अवस्थामा बंगलादेश सहज अवस्थामा छ भने नेपाललाई आजको खेल जित्नैपर्ने दबाब छ । बंगलादेशले बराबरी मात्र खेलेपनि उपाधिका लागि पर्याप्त हुनेछ भने नेपाललाई जितको विकल्प हुने छैन ।

नेपालले यसअघि बंगलादेशसँगको पहिलो खेलमा ३–२ गोलअन्तरको हार बेहोरेको थियो । बंगलादेश बिना हार ५ खेलबाट १५ अंक जोडेर शीर्ष स्थानमा छ । नेपालले ४ जित र १ हराबाट १२ अंक जोडेको छ र दोस्रो स्थानमा छ । नेपालले भुटान र श्रीलंकालाई पराजित गर्दा बंगलादेशसँग भने पराजित भएको थियो ।

५ खेलमा नेपालले कूल ३० गोल गर्दा बंगलादेशले २४ गोल गरेको छ । दुवै टिमले समान ४ गोल व्यहोरेका छन् । नेपाल र बंगलादेशबीच हेड टु हेडमा बंगलादेशले पहिलो खेल ३–२ ले जितेको थियो । अहिलेसम्म बंगलादेश हेड टु हेडमा पनि अघि छ र हेड टु हेड गोलअन्तरमा पनि एक गोलले अघि छ ।

यदि नेपालले आज बंगलादेशलाई दुई गोल अन्तरले पराजित गर्न सकेमा स्वत च्याम्पियन बन्नेछ । यदि नेपालले एक गोल अन्तरले बंगलादेशलाई हराएमा दुवैको अंक बराबर हुनेछ भने हेड टु हेडमा पनि गोल अन्तर बराबर हुनेछ ।

चार टोली सहभागी च्याम्पियनसिप डबल राउण्ड रोबिन फर्म्याटमा खेलाइएको छ । अन्तिममा धेरै अंक जोडेर शीर्ष स्थानमा रहने टोली च्याम्पियन बन्ने प्रावधान छ ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट