२०८३, जेठ २२ गते

शुक्रवार, जेठ २२ गते २०८३

एएफसी यू–२० एसियन कप छनोटका लागि सहायक प्रशिक्षकमा चन्द्रा भण्डारी नियुक्त

मंगलवार , श्रावण ६, २०८२

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) ले एएफसी यू–२० एसियन कप छनोटका लागि सहायक प्रशिक्षकमा चन्द्रा भण्डारीलाई नियुक्त गरेको छ ।

मंगलबार एन्फाले भुटानमा हुने एएफसी यू–२० एसियन कप छनोटका लागि राष्ट्रिय टोलीको सहायक प्रशिक्षकमा उनलाई नियुक्त गरेको हो ।

नवनियुक्त सहायक प्रशिक्षक भण्डारी नेपाली राष्ट्रिय महिला टोलीकी पाँचौँ कप्तानसमेत हुन् ।

एएफसी यू–२० एसियन कप छनोटमा नेपाल समूह ‘ए’मा परेको छ भने यस समूहमा नेपालसँगै उत्तर कोरिया, भुटान र साउदी अरेबिया छन् ।

छनोटअन्तर्गत नेपालले पहिलो खेल भुटानसँग, दोस्रो खेल उत्तर कोरियासँग र अन्तिम खेल साउदी अरेबियासँग खेल्ने छ ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट