२०८३, जेठ २२ गते

शुक्रवार, जेठ २२ गते २०८३

स्पेनलाई पेनाल्टी सुटआउटमा ३–१ ले हराउँदै इंग्ल्यान्ड बन्यो युरोपेली च्याम्पियन

सोमवार , श्रावण १२, २०८२

स्वीजरल्यान्ड । स्पेनमाथि नाटकीय जित हात पार्दै इंग्ल्यान्डले महिला युरो कपको उपाधि रक्षा गरेको छ । आइतबार राति स्वीजरल्यान्डमा भएको फाइनलमा इंग्ल्यान्डले स्पेनलाई पेनाल्टी सुटआउटमा ३–१ ले हराएको हो। यसअघि निर्धारित समयको खेल १–१ गोलको बराबरीमा सकिएको थियो ।

खेलको २५ औँ मिनेटमा मारियो काल्डेन्टलीको गोलमा स्पेनले अग्रता लिएको थियो। सो अग्रता धेरै लामो समय भने टिक्न पाएन । ५७ औँ मिनेटमा केलीको गोलमा इंग्ल्यान्डखेलमा फर्किएको थियो ।

बराबरीमा सकिएको खेलको पेनाल्टी सुट आउटमा इंग्ल्यान्डकी चोल केलीले विजयी प्रहार गरिन्। स्पेनले लगातार तीन प्रहार खेर फालेको थियो । यी मध्यको दुई प्रहार इंग्ल्यान्डकी गोलरक्षक हनाह हाप्टनले बचाएकी थिइन् ।

इंग्ल्यान्डले विदेशी भूमिमा उपाधि जितेको यो पहिलो पटक हो । साथै लगातार तीन युरोपेली उपाधि जितेपछि प्रशिक्षक सरिना विगम्यान महान् प्रशिक्षकको कोटीमा आफूलाई सूचीकृत गर्न सफल भएकी छिन् । उनले दुई फरक देशका लागि उपाधि जितेकी हुन् ।

कमब्याक क्विन पुष्टि गर्न सफल इंग्ल्यान्ड युरो २०२५ का सबै नकआउट खेलमा पहिला गोल खाएको टिम हो ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट