२०८३, जेठ २१ गते

बिहिवार, जेठ २१ गते २०८३

एनएमबि बैंकद्वारा प्रहरीलाई उद्दार सामग्री हस्तान्तरण

मंगलवार , श्रावण २०, २०८२

काठमाडौँ । एनएमवि बैंकले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत एउटा १६ विटको सेल्फ–बेलिङ राफ्ट, लाइफ ज्याकेटहरु र अन्य विपद् उद्दार सामग्रीहरु नेपाल प्रहरीलाई हस्तान्तरण गरेको छ ।

आज काठमाडौंको रानीपोखरी स्थित काठमाडौं उपत्यका प्रहरी कार्यालयमा एक कार्यक्रम बीच हस्तान्तरण गरेको हो ।

बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्द घिमिरेले नेपाल प्रहरीका प्रतिनिधि प्रहरी अतिरिक्त महानिरिक्षक टेक बहादुर तामाङलाई औपचारिक रुपमा हस्तान्तरण गरे ।

उक्त कार्यक्रममा हस्तान्तरण गरिएका सामग्रीहरूमा रबर बोट सहित लाइफ ज्याकेछहरु र अन्य आपतकालिन उपयोगी सामग्रीहरु समावेश छन् ।

मनसुनको समयमा बाढी, डुबान तथा अन्य जलजन्य विपद् तथा आकस्मिक घटनाहरुको सम्भावना उच्च हुने भएकाले यस किसिमको सहयोगले प्रहरीको कार्यक्षमतामा सहयोग पुग्ने अपेक्षा बैंकले राखेको छ ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट