२०८३, जेठ २१ गते

बिहिवार, जेठ २१ गते २०८३

सानिमा रिलायन्स र नारायणी सामुदायिक हस्पिटलबीच सहुलियत दिने सम्झौता

शुक्रवार , श्रावण २३, २०८२

चितवन । सानिमा रिलायन्स लाईफ इन्स्योरेन्स र नारायणी सामुदायिक हस्पिटल प्रालि चितवनबीच स्वास्थ्य उपचार सेवामा सहुलियत सम्बन्धि सम्झौता पत्रमा हस्ताक्षर भएको छ ।

सानिमा रिलायन्स लाईफ इन्स्योरेन्सको तर्फबाट प्रमुख कार्यकारी अधिकृत शिवनाथ पाण्डे र अस्पतालको तर्फबाट कार्यकारी अध्यक्ष डा। भक्तमान श्रेष्ठले सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् ।

सानिमा रिलायन्स लाईफ इन्स्योरेन्ससंग आवद्ध, विमित, अभिकर्ता, कर्मचारीहरुले उपचारमा १० प्रतिशतसम्म सहुलियतको व्यवस्थासहित सम्झौता भएको कम्पनी क्षेत्र प्रबन्धक इशा प्रधानले जानकारी दिइन् ।

इन्स्योरेन्स कम्पनीसँग सहकार्य गरी स्वास्थ्य सहुलियत दिन पाउँदा अस्पताल प्रशासन खुशी रहेको र आवश्यकता अनुसार थप सहयोग गर्न सकिने अध्यक्ष डा। भक्तमान श्रेष्ठले बताए । सम्झौता हस्ताक्षर गरेकै मितिबाट लागू भई दुई वर्ष अवधिसम्म कायम हुनेछ ।

क्षेत्र प्रबन्धकको समन्वयमा भएको सम्झौता कार्यक्रममा अस्पतालका कार्यकारी निर्देशक विष्णु कुवर, म्यानेजर अरूण लम्साल, इन्स्योरेन्स कम्पनीका मार्केटिङ अफिसर प्रदिप पराजुलीको उपस्थिति रहेको थियो

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट
ट्रेन्डिङ