२०८३, जेठ २१ गते

बिहिवार, जेठ २१ गते २०८३

एनआईसी एशिया बैंकका ग्राहकलाई सिजी नेट र आइपीटिभी सेवामा विशेष छुट

सोमवार , श्रावण २६, २०८२

काठमाडौं । एनआईसी एशिया बैंकका ग्राहकहरुलाई इन्टरनेट सेवामा विशेष छुट उपलब्ध गराउने सम्बन्धमा सिजी कम्युनिकेसन्स लिमिटेड र बैंकबीच सम्झौता सम्पन्न भएको छ ।

यस समझदारीसँगै यस बैंकका ग्राहकहरुले पहिलो पटक सिजी इन्टरनेट र आइपीटिभीको सेवा लिँदा व्यक्तिगत सेवामा रु.२५०० र संस्थागतरुपमा प्रयोग गर्दा २० प्रतिशत छुट प्राप्त गर्न सक्नेछन् ।

उक्त सम्झौता पत्रमा यस बैंकका तर्फबाट सहायक प्रमुख कार्यकारी अधिकृत जयन्द्र रावल र सिजी कम्युनिकेसन्स लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत सुजन थापाले हस्ताक्षर गरेका छन् ।

बैंकका अनुसार ग्राहकहरुले सिजी नेटको १५० एमबीपीएस, २५० एमबीपीएस र ३५० एमबीपीएस इन्टरनेट सेवा उपभोग गर्दा वार्षिक शुल्कमा रु.२५०० छुट प्राप्त गर्न सक्नेछन् । त्यस्तै, इन्टरनेटसँगै आईपीटिभीको सेवा लिने नयाँ ग्राहक महानुभावहरुले पनि उक्त रकमको छुट प्राप्त गर्न सक्नेछन् । साथै, हाल सेवा लिइरहनु भएका ग्राहक महानुभावहरुले उक्त सेवा नवीकरण गर्दा वार्षिक सेवामा थप एक महिनाको अतिरिक्त सुविधा प्राप्त गर्न सक्नेछन् ।

बैंकका अनुसार उक्त छुट सुविधा प्राप्त गर्नका लागि ग्राहकहरुले सेवा लिनु पूर्व सिजी कम्युनिकेसन्स लिमिटेडको आधिकारिक टेलिफोन नम्बर, वेबसाइट वा शाखा कार्यालयमा सम्पर्क गरी जानकारी गराउनुपर्नेछ ।

सिजी कम्युनिकेसन्ससँगको यस सहकार्यले यस बैंकका ग्राहक महानुभावहरुलाई इन्टरनेट प्रयोगमा विशेष छुट उपलब्ध हुनुको साथै मुलुकको डिजिटल भुक्तानी सेवालाई प्रर्वद्धन गरी नगदरहित कारोबारमा सहयोग पुग्ने बैंकले विश्वास लिएको छ ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट