२०८३, जेठ २१ गते

बिहिवार, जेठ २१ गते २०८३

नबिल बैंकको नाफा १५ प्रतिशतले बढ्यो, कट्यो ७ अर्ब

मंगलवार , श्रावण २७, २०८२

 

काठमाडौं । नबिल बैंकको नाफा १५.१७ प्रतिशतले बढेको छ। बैंकले सार्वजनिक गरेको गत आर्थिक वर्ष २०८१/८२ को चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरणले यस्तो देखाएको हो।

विवरणअनुसार खुद नाफा ७ अर्ब १२ करोड रुपैयाँ छ । अघिल्लो आर्थिक वर्षमा यस्तो नाफा ६ अर्ब १९ करोड थियो । बैंकको खुद ब्याज आम्दानी खास बढ्न नसके पनि लोन लस प्रोभिजन (इम्पेरिमेन्ट चार्ज) घट्दा नाफामा सकारात्मक योगदान पुगेको छ ।

बैंकको खुद ब्याज आम्दानी, अन्य सञ्चालन आम्दानी सामान्य बढे पनि अघिल्लो पटकभन्दा कम प्रावधान राखेपछि नाफा बढ्न सहयोग पुगेको हो।

बैंकको खुद ब्याज आम्दानी पहिले १६ अर्ब ३१ करोड रुपैयाँ रहेकोमा गत आर्थिक वर्ष १६ अर्ब ३२ करोड छ । अघिल्लो पटक चार अर्ब ६३ करोड प्रावधान राखेको बैंकले यस पटक दुई अर्ब ३९ करोड प्रावधान राखेको छ।

बैंकको वार्षिक प्रतिसेयर आम्दानी २६ रुपैयाँ ३४ पैसा छ । वितरणयोग्य नाफा ४ अर्ब ७७ करोड रुपैयाँ छ । यस हिसावले बैंकले गत वर्षको नाफाबाट प्रतिसेयर १७.६४ रुपैयाँ लाभांश वितरण गर्ने क्षमता राख्छ ।

 

सम्बन्धित विषय:

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट