२०८३, जेठ २१ गते

बिहिवार, जेठ २१ गते २०८३

आज एनआईसी एशियाको इक्विटी लिंक्ड इन्भेष्टमेण्ट स्किम निष्काशन हुँदै

बिहिवार , श्रावण २९, २०८२

काठमाडौं । एनआईसी एशिया क्यापिटल लिमिटेडले आज बिहीबार (साउन २९ गते) देखि खुलामुखी योजना ‘एनआईसी एशिया इक्विटी लिंक्ड इन्भेष्टमेण्ट स्किम’ निष्काशन गर्ने भएको छ ।

प्रतिइकाई १० रूपैयाँ अंकित दरमा ५० करोड रूपैयाँ बराबरको ५ करोड इकाई बिक्रीमा ल्याउन लागेको हो । योजनाको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक एनआईसी एशिया क्यापिटल लिमिटेड रहेको छ ।

क्यापिटलले १० करोड इकाईमध्ये बीज पूँजीबापट कूल निष्काशन गरिने इकाईको १५ प्रतिशत अर्थात् १५ करोड रूपैयाँबराबरको १ करोड ५० लाख इकाई योजना व्यवस्थापक एनआईसी एशिया बैंकलाई सुरक्षित गरी बाँकी रहेको ८ करोड ५० लाख इकाईमध्ये ५ करोड इकाई सर्वसाधरणलाई बिक्री गर्न लागेको हो ।

उक्त फण्डमा न्यूनतम १०० इकाई र अधिकतममा १ करोड इकाईसम्म आवेदन दिन सकिनेछ । एनआईसी एशिया बैंक म्युचुअल फण्ड अन्तर्गत सञ्चालन हुने सो योजनाको इकाईमा भदौ २ गतेसम्म आवेदन दिन सकिने बैंकले जनाएको छ ।

उक्त समयमा पर्याप्त आवेदन नपरेको खण्डमा भदौ १२ गतेसम्म आवेदन दिने समय थप गरिनेछ । बिक्री खुला भएको निवेदन दिने अवधि तथा बोर्डबाट थप भएको अवधि भित्र कम्तीमा ५० प्रतिशत अर्थात ५० करोड इकाई खरिद गर्न निवेदन प्राप्त भएमा इकाईको बाँडफाँट गर्न सकिनेछ । न्यूनतम संख्यामा इकाई बिक्री नभएमा योजना खारेज गरी १५ दिनभित्र निवेदकहरूको रकम फिर्ता गर्न भुक्तानी प्रक्रिया शुरू गरिनेछ।

उक्त योजनाको इकाईमा लगानीकर्ताले धितोपत्र बोर्डबाट आश्वा अनुमति लिएका सम्पूर्ण बैंक तथा वित्तीय संस्था तथा मेरो शेयर वेब तथा एपबाट पनि आवेदन दिन सक्नेछन् ।

म्युचुअल फण्ड निष्काशनका लागि गराएको रेटिङ्गमा इन्फोमेरिक्स क्रेडिट रेटिङ्ग नेपालले कोष प्रबर्द्धकलाई आईआरएन ट्रिपल बी इस्यूअर रेटिङ्ग प्रदान गरेको छ भने इक्रा नेपालले योजना व्यवस्थापकलाई केयरएनपी एएमसी क्वालिटि ३ प्लस रेटिङ्ग प्रदान गरेको छ ।

एनआईसी एशिया क्यापिटल लिमिटेड योजना व्यवस्थापक रही सञ्चालन गर्न लागिएको ‘एनआईसी एशिया इक्वीटी लिङ्कड इन्भेष्टमेण्ट स्किम’ दोश्रो खुलामुखी योजना हो ।

यस योजनाको संकलित रकममध्ये अधिकांश रकम धितोपत्रको दोश्रो बजारमा सूचीकृत कम्पनीमध्ये भविष्यमा राम्रो प्रतिफल दिन सक्ने कम्पनी छनोट गरी लगानी गरिनेछ ।

यस योजनामा संकलित रकम लगानी गर्दा २० देखि ७५ प्रतिशतसम्म प्राथमिक शेयर निष्काशन गरेका कम्पनी र धितोपत्रको दोश्रो बजारमा सूचीकृत कम्पनीहमा, योजना आकारको बढीमा १५ प्रतिशत रकम स्थिर आय हुने उपकरणमा तथा १५ प्रतिशत रकम माग तथा अल्प सूचनामा आय हुने उपकरणमा लगानी गरिने बैंकले जनाएको छ ।

साथै, योजनाको रकम लगानी गर्दा भविष्यमा गर्न सक्ने प्रगतिलाई समेत राम्रोसँग अध्ययन तथा अनुसन्धान गरेर मात्र लगानी सम्बन्धी निर्णय गरिने बताइएको छ ।

 

सम्बन्धित विषय:

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट