२०८३, जेठ २१ गते

बिहिवार, जेठ २१ गते २०८३

भोजपुर श्यामशिलाका अधिकांश किसान किवीखेतीतर्फ आकर्षित

बिहिवार , श्रावण २९, २०८२

भोजपुर । पौवादुङमा गाउँपालिका–१ श्यामशिलाका किसान व्यावसायिक किवीखेतीमा लागेका छन् । गाउँपालिकाले ‘पकेट’ क्षेत्र निर्धारण गरेर आवश्यक प्रोत्साहनका कार्यक्रम सञ्चालन गरेसँगै किसान व्यावसायिक किवीखेतीमा लागेका हुन् ।

गाउँपालिकाले पकेट क्षेत्र निर्माण गरेर किवीखेतीमा लगानी बढाएपछि यहाँका ३० घर बढी किसानले व्यावसायिक रुपमा किवीखेती गर्दै आएको वडाध्यक्ष राजेन्द्र तामाङले जानकारी दिए । एक पटक विस्तार गरेपछि दीर्घकालसम्म आम्दानी लिन सकिने भएसँगै यो क्षेत्रका किसान व्यावसायिक किवीखेतीमा लागेको वडाध्यक्ष तामाङले बताए ।

यहाँका किसानले किवी बेचेर घरखर्च टार्न थालेका छन् । श्यामशिला भोजपुर–लेगुवा सडक नजिक भएकाले किसानले आफ्ना उत्पादन सहज रूपमा बिक्री गर्दै आएका छन् ।

कृषि किसानको मुख्य आम्दानीको स्रोत भएकाले गाउँपालिकाले भूगोल सुहाउँदो फलफूल तथा सागसब्जीखेतीमा जोड दिएको पौवादुङमा गाउँपालिका अध्यक्ष किरण राईले बताए । यहाँका छ वटै वडामा माटो सुहाउँदो खेती भइरहेको बताउँदै उनले भने, “श्यामशिलामा किवीको प्रशस्त सम्भावना भएकाले पकेट क्षेत्र निर्धारण गरेका छौँ । अन्य स्थानमा कागती, एभोकाडोलगायत फलफूल विकास कार्यक्रम सञ्चालन गर्दै आएका छौँ । ”

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट
ट्रेन्डिङ