logo

२०८१ बैशाख १४ शुक्रबार

logo
  • शुक्रबार, १४ बैशाख २०८१
  • मलेसियाकाे लगातार विकेट पतन, नेपालले लियाे चाैथाे विकेट 

    मलेसियाकाे लगातार विकेट पतन, नेपालले लियाे चाैथाे विकेट 

    9.5K
    Shares

    काठमाडौं ।  त्रिकोणात्मक टी–२० क्रिकेट प्रतियोगिता अन्तर्गत नेपाल र मलेसियाबीचको खेलमा नेपालले लगातार विकेट लिन सफल भएकाे छ । ७ ओभर बलिङ गरिसक्दा नेपालले ४ विकेट लिइसकेकाे छ । 

    मलेसियाले चाैथाे विकेटका रुपमा शाइद अजिजलाई गुमाएकाे हाे । नेपालका दीपेन्द्र सिंह एरीले आसिफ शेखमार्फत क्याच आउट गराएका हुन् ।

    त्रिवि क्रिकेट मैदानमा भइरहेको खेलमा टस हारेर ब्याटिङ्ग गरेको मलेसियाले तेस्राे विकेटमा विरनदीप सिंह गुमाएकाे थियाे । छैटाैँ ओभरकाे अन्तिम बलमा साेमपाल कामीले सफलता हात पारेका थिए ।

    पहिलो विकेटका रुपमा करण केसीले मलेसियाका अनवार अरुदिनलाई क्याच आउट गराएका थिए । विकेट किपर विनोद भण्डारीले क्याच लिएका हुन् ।

    त्यस्तै मलेसियाका अहम्मद फेज दाेस्राे विकेटका रुपमा रन आउट भएका थिए । उनलाई पनि विनोद भण्डारीले नै रन आउट गराएका थिए ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend