logo

२०८१ बैशाख १६ आइतबार

logo
  • आइतबार, १६ बैशाख २०८१
  • फेसबुक र ट्वीटरले प्रतिबन्ध लगाएपछि ट्रम्पले ल्याए आफ्नै वेबसाइट

    फेसबुक र ट्वीटरले प्रतिबन्ध लगाएपछि ट्रम्पले ल्याए आफ्नै वेबसाइट

    4.1K
    Shares

    काठमाडाैं । अमेरिकाका पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नै वेबसाइट ‘लन्च’ गरेका छन् । उनीामथि फेसबुक र ट्वीटरले प्रतिबन्ध लगाएपछि आफ्ना गतिविधि सार्वजनिक गर्न ‘डोनाल्डजेट्रम्प डटकम/डेस्क’ नामक वेबसाइट बनाएका हुन् ।

    फेसबुक र ट्वीटरमका प्रतिबन्धित भएपछि ट्रम्पले आफ्नै सामाजिक सञ्जाल बनाउने बताएका थिए । ट्रम्पको वेबसाइटमा राखिएका विचार फेसबुक र ट्वीटरमा शेयर गर्न मिल्ने बनाइएकाे छ । तर उनकाे पाेस्टमा कमेन्ट गर्ने अप्सन भने राखिएकाे छैन ।

    गत वर्ष अमेरिकाको राष्ट्रपतीय निर्वाचनमा हार व्यहारेका ट्रम्पले लामो समयसम्म त्यो हार स्विकारेका थिएनन् । उनका प्रतिस्पर्धी जो बाइडनको जित भएको घोषणा गर्न लाग्दा उनका समर्थकहरूले कंग्रेस भवनमा आक्रमण गरेका थिए ।

    सामाजिक सञ्जालमा राखेका ट्रम्पका अभिव्यक्तिले हिंसा भड्काएको भनी त्यसबेला फेसबुक र ट्वीटरले उनीमाथि प्रतिबन्ध लगाएका थिए ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend