२०८३, जेठ २९ गते

शुक्रवार, जेठ २९ गते २०८३

काभ्रेको नमोबुद्ध नगरपालिकामा ‘नमोबुद्ध जात्रा’

बुधवार , कार्तिक १९, २०८२

काठमाडौं । काभ्रेको नमोबुद्ध नगरपालिका–११ स्थित ऐतिहासिक तथा पर्यटकीयस्थल नमोबुद्धमा बुधबार नमोबुद्ध मेला लागेको छ ।

हरेक बर्ष कात्तिक शुक्ल पूर्णिमा तिथिमा दिन नमोबुद्ध मेलाका साथै जात्रा हुने गर्दछ । जात्रामा दिवंगत आत्माहरुको स्मरणमा दिप प्रज्वलन तथा पुजा आजा गर्ने गरिन्छ । देशका विभिन्न जिल्लासँगै अन्य देशहरुबाट बौद्ध धर्मालम्बीहरु जात्रामा आउने गर्छन् ।

पूर्णिमाको दिन शान्तिका प्रतिक गौतमबुद्धको पूर्वजन्ममा ‘राजकुमार’ले देहत्याग गरी बघिनीलाई जीवन प्रदान गरेको दिन मानिने भएकाले यस दिन विशेष ठूलो घुईचो लाग्ने गर्दछ । किंबदन्ती अनुसार बुद्धले लुम्बिनीमा पुनर्जन्म प्राप्त गरेपछिको जीवन त्याग गरेको भूमि जो, ‘नमोबुद्धाय नमः’बाट नमोबुद्ध नामारकण भएको स्थान मानिन्छ ।

द्वापरयुगका उनै राजकुमारको अस्थिपञ्जर गाडी बनाइएको चैत्य र जीवन त्याग गरेको स्थानमा पूजाअर्चना र दीप प्रज्ज्वलन गर्न बर्सेनि बौद्ध धर्मालम्बी नमोबुद्धमा पुग्ने गर्दछन् ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट