२०८३, जेठ २१ गते

बिहिवार, जेठ २१ गते २०८३

अविरल वर्षाले कोशी प्रदेशमा ५६ हजार मेट्रिक टन धानबाली नष्ट

बिहिवार , कार्तिक २०, २०८२

विराटनर । मोन्था चक्रवातको प्रभावसँगै कात्तिक १५ देखि १७ गतेसम्म परेको अविरल वर्षाले कोशी प्रदेशका किसानहरूका लागि ठूलो विपत्ति निम्त्याएको छ । लगातारको वर्षाले प्रदेशभरका धान र तरकारी बालीमा व्यापक क्षति पुर्याएको छ ।

विराटनगरस्थित प्रदेश कृषि निर्देशनालयको प्रारम्भिक विवरणअनुसार करिब ५६ हजार २६ मेट्रिक टन धानबाली नष्ट भएको छ । निर्देशनालयकी प्रवक्ता तथा बागवानी विकास अधिकृत पूर्णमाया गुरुङका अनुसार, १२ हजार ४३२ हेक्टर क्षेत्रफलभन्दा बढीको धानबालीमा क्षति पुगेको छ ।

कोशी प्रदेशमा यो वर्ष २ लाख ६८ हजार ७६५ हेक्टर क्षेत्रफलमा धान खेती गरिएको थियो । तर, लगातारको वर्षा, बाढी र हावाहुरीका कारण ठूलो मात्रामा उत्पादन प्रभावित भएको छ ।

गुरुङका अनुसार, “अविरल वर्षाले विशेष गरी तराईका धानबालीहरूमा २० प्रतिशतभन्दा बढी धान खेतमा ढलेका छन्, जस मध्ये करिब २५ प्रतिशत धान पूर्ण रूपमा नष्ट भएका छन् । पहाडी जिल्लामा ८ देखि १० प्रतिशत धान खेतमा ढलेको र त्यसमा पनि २५ प्रतिशत जति क्षति भएको अनुमान छ । हिमाली क्षेत्रमा करिब ६ प्रतिशत धान लडे पनि त्यसमा पनि २५ प्रतिशत बाली नष्ट भएको छ ।”

धानबालीमा सबैभन्दा बढी क्षति झापा, मोरङ र सुनसरीमा भएको छ । प्रदेश कृषि निर्देशनालयका तथ्यांकअनुसार, झापामा २१ हजार ८२० मेट्रिक टन, मोरङमा १६ हजार ४२० मेट्रिक टन, सुनसरीमा १२ हजार ६५८ मेट्रिक टन, उदयपुरमा १ हजार २९२ मेट्रिक टन, इलाममा ८९८ मेट्रिक टन, भोजपुरमा ७४० मेट्रिक टन र खोटाङमा ४५० मेट्रिक टन धानबाली पूर्ण रूपमा नष्ट भएको छ ।

यी सात जिल्लामात्रैमा कुल ५६ हजार मेट्रिक टनभन्दा बढी धान क्षति भएको अनुमान गरिएको छ, जसले प्रदेशको धान उत्पादन लक्ष्यमा ठुलो असर पारेको छ ।

धानबालीसँगै तरकारी खेतीमा पनि ठूलो क्षति भएको निर्देशनालयले जनाएको छ । विशेष गरी सुनसरी जिल्लामा २ सय हेक्टर क्षेत्रफलमा लगाइएको करिब २ हजार मेट्रिक टन तरकारी खेती पूर्ण रूपमा नष्ट भएको छ । तरकारी बालीमा बीमा नहुँदा किसानहरूलाई प्रत्यक्ष रूपमा ४ करोड रुपैयाँभन्दा बढीको आर्थिक घाटा व्यहोर्नु परेको अनुमान छ ।

प्रदेश कृषि निर्देशनालयको प्रारम्भिक आँकलन अनुसार, मोन्था चक्रवातबाट उत्पन्न वर्षा, बाढी र हावाहुरीका कारण कोशी प्रदेशमा करिब २ अर्ब ५ करोड रुपैयाँभन्दा बढीको कृषि क्षति भएको छ । यसले प्रदेशको समग्र कृषि प्रणालीमा गम्भीर असर पु-याएको निर्देशनालयले जनाएको छ ।

गत कात्तिक १५ देखि १७ गतेसम्म परेको लगातार वर्षा मोन्था चक्रवातको अप्रत्यक्ष प्रभाव थियो । यसले विशेष गरी तराईका धान उत्पादन क्षेत्रहरूमा ठुलो क्षति पु¥यायो, जहाँ किसानहरू बाली भित्र्याउने तयारीमा थिए ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट
ट्रेन्डिङ