logo

२०८१ बैशाख २६ बुधबार

logo
  • बुधबार, २६ बैशाख २०८१
  • कोभिडले आफन्त गुमाएका परिवारलाई जागिर दिन्छु भन्ने मेयरले उपचारमा समेत वास्ता नगरेको गुनासो

    कोभिडले आफन्त गुमाएका परिवारलाई जागिर दिन्छु भन्ने मेयरले उपचारमा समेत वास्ता नगरेको गुनासो

    6.7K
    Shares

    स्याङ्जा । कोभिडबाट मृत्यु भएका घर परिवारलाई रोजगारी दिने भन्दै विभिन्न प्रचारबाजी गरेका गल्याङ नगरपालिकाका मेयरले  कोभिडका बिरामीको उपचारमा समेत वास्ता नगरेको गुनासो नगरबासीले गर्न थालेका छन्।  

    नगरपालिकाको एक मात्रै कोभिड अस्पतालमा उपचारको लागि पुगेकाहरुले ६० हजारसम्म तिर्नुपरेको गुनासो गरेका छन् । गल्याङ नगरपालिका गण्डकी प्रदेशमै कोभिडको दोस्रो भेरिएन्टबाट मृत्यु हुने संख्या उच्च भएको नगरपालिका हो ।

    मेयर भुपराज अधिकारीले केही दिन अघि कोरोनाको कारण ज्यान गुमाएका परिवारलाई रोजगारी दिने भनेको भिडियो सार्वजनिक भएको थियो। तर, रोजगारी दिने आश्वासन दिनुभन्दा निशुल्क उपचार गराएर कोभिडको जोखिम न्यून गर्न नगरवासीले आग्रह गरेका छन् ।

    गल्याङ नगरपालिकासँग जोडिएका अन्य स्थानीय तहहरुले कोभिड उपचार निशुल्क गरिरहेका बेला गल्याङले भने खर्च धान्न नसकेको भन्दै पैसा लिने गरेको छ । 

    निजि क्षेत्रबाट संचालन गरिएको गल्याङ नगरपालिका -३ बल्पुकमा रहेको अस्पताललाई नगरले आफ्नो मातहतमा लिएर नागरिकको सेवा गर्ने बताएपछि नगरपालिकालाई हस्तान्तरण गरिएको थियो । उक्त अस्पताललाई नगरपालिकाले हाल कोभिड अस्पतालको रूपमा सञ्चालन गरेको छ ।

    उक्त अस्पतालमा उपचारकै क्रममा मृत्यु भएका जगन्नाथ भुसालका आफन्तले दुई रात तीन दिनको १६ हजार रुपैयाँ तिरेको बताए। त्यस्तै उपचार पछि घर फर्किएकी गल्याङ नगरपालिका ११ जिमुवाकी साबित्रा कँडेलले ४३ हजार ९ सय २५ तिरेको गुनासो गरिन् ।

    आसपासका अन्य स्थानीयतहले निस्शुल्क उपचार गराइरहे पनि गल्याङ नगर अस्पतालले निस् शुल्क उपचार गर्न नसकेको गल्याङ नगर अस्पतालका प्रमुख थानापती न्यौपानेले स्वीकार गरेका छन्। उनले अस्पतालको खर्च धान्न नसकिने हुँदा कोभिड बिरामीबाट पैसा लिनु परेको बताए । 


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend