२०८३, जेठ २८ गते

बिहिवार, जेठ २८ गते २०८३

सरकारले दियो राजाबादी आन्दोलनमा ज्यान गुमाएका पत्रकार सुरेश रजकको परिवारलाई रोजगारी

मंगलवार , मंसिर २, २०८२

काठमाडौं । सरकारले गत चैत १५ गते राजाबादी आन्दोलनका क्रममा ज्यान गुमाएका पत्रकार सुरेश रजकको परिवारलाई रोजगारीको व्यवस्था गरेको छ ।

मंगलबार सिंहदरबारमा सञ्चार तथा सूचना प्रविधीमन्त्री जगदीश खरेलको उपस्थीतिमा पत्रकार सुरेश रजककी श्रीमती सुजन मगियालाई सुरक्षण मुद्रण केन्द्रमा कम्प्युटर अपरेटरमा नियुक्त गरिएको पत्र हस्तान्तरण गरिएको हो ।

सो क्रममा मन्त्री खरेलले दिवङ्गत रजकलाई पत्रकार सहिद घोषणा गर्ने प्रक्रिया अगाडि बढाइएको जानकारी दिए । अहिले रोजगारीको व्यवस्था गरेर केहि राहत प्रदान गर्ने सरकारको कोशिस रहेको भन्दै उनले सुजन मगियाले चाहेमा विश्वविद्यालयमा पढ्नका लागि आवश्यक सहजीकरण गर्ने प्रतिवद्धता जनाए ।

सरकारले गत चैत १५ गते राजाबादी आन्दोलनको समाचार संकलन गर्ने क्रममा सुरेश रजकको आगलागीका कारण निधन भएको थियो ।

 

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट