२०८३, जेठ २८ गते

बिहिवार, जेठ २८ गते २०८३

ताप्लेजुङको तेम्बा बजारमा आगलागी, चार घर जलेर खरानी

बुधवार , मंसिर ३, २०८२

ताप्लेजुङ । मिक्वाखोला गाउँपालिका–४ स्थित तेम्बा बजारमा गए राति आगलागी हुँदा चार घर जलेका छन् ।

गाउँपालिका उपाध्यक्ष डण्डु लामा शेर्पाका अनुसार इन्द्रकुमार साँवा, राजकुमार साँवा, अनिल साँवा र विष्णु साँवाका घर जलेका हुन् । चारवटै घरमा भण्डारण गरिएका खाद्यान्नलगायत अन्य सामग्री जलेका छन् ।

पीडितका एकसरो लत्ताकपडाबाहेक सबै खरानी भएका उहाँले बताउनुभयो । जिल्ला प्रहरी कार्यालयले क्षतिको विवरण सङ्कलन थालेको छ ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट