२०८३, जेठ २८ गते

बिहिवार, जेठ २८ गते २०८३

सिराहामा डाँका समूहको गोली प्रहार, बुबा–छोरा गम्भीर घाइते

बुधवार , मंसिर ३, २०८२

सिराहा । सिराहाको कल्याणपुर नगरपालिका–१२ बेलहामा डाँका समूहको गोली प्रहारबाट दुईजना गम्भीर घाइते भएका छन्।

घाइतेहरूमा ४२ वर्षीय वीरेन्द्र कुमार महतो र उनका २२ वर्षीय छोरा अनिल कुमार महतो रहेका छन्। दुवै जनालाई छातीमा गोली लागेको प्रहरीले जनाएको छ ।

घाइते दुवै जनालाई उपचारका लागि विराटनगर लगिएको छ।

प्रहरीका अनुसार मध्यराति आएका डाँका समूहले लुटपाट गर्न खोज्दा प्रतिकार गर्ने क्रममा गोली प्रहार भएको हो।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट