logo

२०८१ बैशाख २८ शुक्रबार

logo
  • शुक्रबार, २८ बैशाख २०८१
  • मेक्सिकाेमा वयस्क माेडल चुनावमा उठेपछि प्रचार प्रसारमा यस्ताेसम्म देखियाे 

    मेक्सिकाेमा वयस्क माेडल चुनावमा उठेपछि प्रचार प्रसारमा यस्ताेसम्म देखियाे 

    4.8K
    Shares

    काठमाडौं । मेक्सिकोमा हुन लागेको संसदीय निर्वाचनमा एक जना मोडल उम्मेदवार बनेपछि त्यहाँ राेचक दृश्य देखिएको छ । वयस्कहरुको लागि मात्र बनाइएको ओन्ली फ्यान्सकी मोडल राेसियाे पिनाे चुनाव लडिरहेकी छिन् । मोडलले चुनाब प्रचारको लागि आफ्नो नग्न फोटो समेत पोस्ट गरेकी छिन् । कैयौं अनौठा प्रतिबद्धता पनि गरेकी छिन् ।

    मोडलबाट नेता बनेकी रोसियो पिनो ओन्लीफ्यान्समा निकै लोकप्रिय छिन् र उनका करिब ६० हजार फलोअर छन् । डेलीस्टारका अनुसार रोसियो सेन्टर लेफ्ट प्रोग्रेसिभ सोसल नेटवर्क पार्टीको तर्फबाट उम्मेदवार भएकी हुन् । २०१९ मा एक गैर सरकारी संस्थाको रुपमा स्थापना भएको यो संस्था पछि २०२० मा राजनैतिक पार्टीमा परिणत भएको हो । शुक्रबार मेक्सिकाेमा मतदान भइरहेकाे छ ।

    election 1.jpg

    सोनोरा क्षेत्रबाट उम्मेदवार भएकी रोसियोले चुनाब प्रचारको लागि बनाइएको पोस्टरमा नग्न देखिएकी छिन् । यो पोस्टरले उनलाई एकैपटक विवाद र चर्चामा ल्याएकाे छ । रोसियोको सबैभन्दा महत्वपूर्ण चुनाबी प्रतिबद्धता सबै महिलाहरुलाई आफ्नो स्तन सुन्दर बनाउनको लागि निःशुल्क स्तनको सर्जरी सुविधा दिने हो । यद्यपि उनले यसको लागि स्तनको क्यान्सरका कारण शल्यक्रिया गरेर स्तन हटाउनु परेका महिलालाई प्राथमिकता दिने बताएकी छिन् ।

    उनको चुनावी अभियानको नारा नै स्तनमा आधारित छ । राम्रो स्तन भएका महिला सशक्त महिला भएको उनले दावी गरेकी छिन् । रोसियो ट्वीटरमा पनि निकै लोकप्रिय छिन् ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend