logo

२०८१ बैशाख २६ बुधबार

logo
  • बुधबार, २६ बैशाख २०८१
  • ८१ पुरिया ब्राउन सुगरसहित चार पक्राउ

    ८१ पुरिया ब्राउन सुगरसहित चार पक्राउ

    5.9K
    Shares

    सुर्खेत । जिल्ला प्रहरी कार्यालय सुर्खेतले ब्राउन सुगरसहित चार जनालाई वीरेन्द्रनगर सुर्खेतबाट पक्राउ गरेको छ । वीरेन्द्रनगर नगरपालिका–६ सुर्खेत गोदामलाइनस्थित सञ्चालनमा रहेको मिलन रेस्टुेरेन्टबाट होटल सञ्चालक महिलासहित चार व्यक्तिलाई पक्राउ गरेको हो ।

    जिल्ला प्रहरी कार्यालय सुर्खेतको सादा पोशाकमा खटिएको प्रहरी टोलीले उनीहरुलाई ८१ पुरिया ब्राउन सुगरसहित शनिबार पक्राउ गरेको हो । प्रहरीका अनुसार होटलमा सल तथा फ्यानमा लुकाइछिपाइ राखेको अवस्थामा खोजतलास गर्दा ८१ पुरिया ९सात ग्राम ४५० मिलिग्राम० ब्राउन सुगर भेटिएको थियो ।

    पक्राउ पर्नेमा अन्दाजी ५२ वर्षीया होटल सञ्चालक महिला विष्णुदेवी शाही, गुराँस गाउँपालिका–५ दैलखका २१ वर्षीया सरु शाही, वीरेन्द्रनगर नगरपालिका–६ सुर्खेतका गौरव क्षेत्री र वडा नं ९ सुर्खेत निवासी प्रदीप खत्री रहेको बताइएको छ ।

    त्यसका साथै पाँचवटा प्रयोग नभएको नाइट्रोभेट ट्याब्लेट र स्रोत नखुलेको विभिन्न दरका नेपाली र भारतीय नोट तथा रु पाँच लाख आठ हजार २०० बरामद गरी उनीहरूलाई नियन्त्रणमा लिइएको प्रहरीले बताएको छ ।

     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend