२०८३, जेठ २१ गते

बिहिवार, जेठ २१ गते २०८३

एनआईसी एशिया बैंक र एनसीएचएलबीच नेपाल पे कार्ड जारी गर्ने रणनीतिक सम्झौता

सोमवार , मंसिर १५, २०८२

काठमाडौं। एनआईसी एशिया बैंकले आफ्ना ग्राहकलाई नेपाल पे कार्ड (NEPALPAY Card) जारी गर्ने उद्देश्यसहित नेपाल क्लियरीङ हाउस लिमिटेड (एनसीएचएल) सँग रणनीतिक साझेदारी गरेको छ।

यस सम्बन्धी सम्झौता पत्रमा बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत सुजित कुमार शाक्य र एनसीएचएलका तर्फबाट प्रमुख कार्यकारी अधिकृत निलेश मान सिंह प्रधानले हस्ताक्षर गरेका छन्।

नेपाल राष्ट्र बैंकबाट भुक्तानी प्रणाली सञ्चालक (PSO) को अनुमती प्राप्त NCHL द्वारा सञ्चालित Domestic Card Scheme अन्तर्गतको NEPALPAY Card जारी गर्ने बैंक प्रमुख साझेदार बनेको छ। यससँगै बैंक National Card Switch (NPS-NCS) का प्रमुख साझेदारको रूपमा पनि स्थापित भएको छ।

सम्झौता अनुसार, बैंकले राष्ट्रिय भुक्तानी स्वीच प्रणालीसँग पूर्णरूपमा एकीकृत भई स्वदेशी कार्ड सेवा प्रदान गर्न पाउनेछ। देशभरका पीओएस (POS) र एटीएम (ATM) नेटवर्कमार्फत हुने कारोबार राष्ट्रिय शुल्क संरचना अन्तर्गत हुनेसमेत यस सम्झौतामा उल्लेख गरिएको छ।

बैंकका अनुसार, NEPALPAY Card प्रवर्धनले ग्राहकको डिजिटल बैंकिङ पहुँच विस्तार गर्नुका साथै आधुनिक, भरपर्दो र राष्ट्रिय मापदण्ड अनुरूपको कार्ड सेवा सुनिश्चित गर्नेछ। यसले डिजिटल भुक्तानी प्रणालीलाई सुदृढ गर्दै वित्तीय पहुँच विस्तार र नगदरहित अर्थतन्त्रको विकासमा योगदान पुर्‍याउने बैंकको विश्वास छ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट
ट्रेन्डिङ