२०८३, जेठ २१ गते

बिहिवार, जेठ २१ गते २०८३

विराटनगर किङ्सले लुम्बिनी लायन्सलाई दियो १४५ रनको लक्ष्य

बुधवार , मंसिर १७, २०८२

काठमाडौँ । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) मा विराटनगर किङ्सले लुम्बिनी लायन्सलाई १४५ रनको लक्ष्य दिएको छ ।

त्रिभुवन विश्वविद्यालय अन्तरराष्ट्रिय क्रिकेट रङ्गशाला, कीर्तिपुरमा टस हारेर पहिला ब्याटिङ गरेको विराटनगरले निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा १४४ रन बनायो । जसमा लोकेश बमले सर्वाधिक ३५, बसिर अहमदले २८, साम हिजलेटले २७ रन जोडे ।

सन्दीप लामिछानेको कप्तानीमा रहेको विराटनगरले पाँच खेलबाट आठ अङ्क जोडेको छ । आजको खेल जितेर एक खेल अगावै प्लेअफ जित्ने लक्ष्य विराटनगरको हुनेछ ।

यता रोहितकुमार पौडेलले नेतृत्व सम्हालेको लुम्बिनीले भने पाँच खेलबाट दुई खेल मात्रै जितेको छ । प्लेअफको सम्भावना जीवित राख्न लुम्बिनीलाई आजको खेल जित्नुपर्ने दबाब छ ।

जारी प्रतियोगितामा सुदूरपश्चिम रोयल्स प्लेअफ पुग्ने पहिलो टोली बनेको छभने बाहिरिनेमा कर्णाली याक्स रहेको छ ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट