logo

२०८१ बैशाख २८ शुक्रबार

logo
  • शुक्रबार, २८ बैशाख २०८१
  • फ्रान्सका राष्ट्रपतिमाथि सार्वजनिक स्थलमै थप्पड !

    फ्रान्सका राष्ट्रपतिमाथि सार्वजनिक स्थलमै थप्पड !

    4.1K
    Shares

    एजेन्सी । फ्रान्सका राष्ट्रपति एमानुएल माक्रोँलाई देशको दक्षिणपूर्वी भागमा भ्रमण गरिरहेको बेला एक व्यक्तिले थप्पड हानेका छन् ।

    घटना लगत्तै राष्ट्रपति माक्रोंको सुरक्षा टोलीले परिस्थितिलाई नियन्त्रणमा लिएको बीबीसीले जनाएको छ। घटनामा संलग्न रहेको आरोपमा दुई व्यक्तिलाई पक्राउ गरिएको छ। हालसम्म चड्कन हान्ने पुरुषको परिचय र उनको नियत प्रस्ट भएको छैन।

    चड्कन हान्ने घटना लगत्तै त्यहाँ ठूलो सङ्ख्यामा सुरक्षा अधिकारीहरू परिचालित भएका थिए। घटनापछि बोल्दै माक्रोँले त्यसलाई एक असामान्य घटना बताएका छन् ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend