२०८३, जेठ २१ गते

बिहिवार, जेठ २१ गते २०८३

एनपीएलमा अर्धशतकको सङ्ख्या ३३ पुग्यो, यी हुन् अर्धशतक हान्ने खेलाडी

शनिवार , मंसिर २०, २०८२

काठमाडौँ । राजधानीमा जारी एनपीएलमा अर्धशतकको सङ्ख्या ३३ पुगेको छ । विराटनगर किंग्सका साम हिजलेटले आज सुदूरपश्चिम रोयल्सविरुद्ध अर्धशतक पूरा गरेसँगै अर्धशतकको सङ्ख्या ३३ पुगेको हो । जसमा २९ खेलाडी सामेल छन् ।

यसअघि जारी ‘सिजन’मा चितवन राइनोजका रवि बोपराले तीन, पोखरा एभेन्जर्सका कुशल भुर्तेल र कर्णाली याक्सका प्रियान्क पन्चालले दुई/दुई अर्धशतक हिर्काएका छन् ।

यस्तै सुदूरपश्चिम रोयल्सका विनोद भण्डारी, जोश ब्राउन, हरमित सिंह, क्रिश लिन ईशान पाण्डे, विराटनगर किंग्सका लोकेश बम, फाफ डू प्लेसिस, मार्टिन गुप्टिल, बसिर अहमद, पोखराका सुमित बर्मा, जिमी निशम, एडम रोसिङटन, रिसि धवन, चितवनका डेविड मलान र अर्जुन साँउद, काठमाडौँ गोर्खाजका भीम सार्की, जोन सिम्प्सन, बेन चाल्र्सवर्थ, कर्णालीका मार्क वाट, लुम्बिनीका डार्सी सर्ट, जनकपुर बोल्ट्सका वायन पार्नेल, सञ्जय कृष्णमूर्ति, माज सदाकत, अनिल शाह र आशिफ शेखले एक/एक अर्धशतक हिर्काएका छन् ।

कर्णालीका मार्क वाट र पोखराका एडम रोसिङटनले मात्रै जारी प्रतियोगितामा शतक प्रहार गरेका छन् ।

सम्बन्धित विषय:

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट
ट्रेन्डिङ