२०८३, जेठ २१ गते

बिहिवार, जेठ २१ गते २०८३

पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य

शनिवार , मंसिर २०, २०८२

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) मा आजको दोस्रो खेलमा चितवन राइनोजले पोखरा एभेन्जर्स सामू जीतका लागि १२१ रनको सामान्य लक्ष्य दिएको छ । त्रिभुवन विश्वविद्यालय अन्तरराष्ट्रिय क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ रोजेको चितवनले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा १२० रन मात्रै बनाउन सक्यो ।

उसका लागि देव खनालले सर्वाधिक ३५ र अल्पेश रामजानीले अविजित ३३ रन बनाए ।

पोखराका नञ्जय लक्षनले तीन विकेट लिए ।

प्लेअफबाट बाहिरिसकेका चितवन र पोखराका लागि आजको खेल प्रतिष्ठाको हुनेछ । दुवै टोलीसँग छ खेलबाट चार/चार अङ्क छ ।

आजै भएको पहिलो खेलमा विराटनगरले सुदूरपश्चिमलाई पराजित गरेकोे थियो ।

सम्बन्धित विषय:

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट
ट्रेन्डिङ