२०८३, जेठ २१ गते

बिहिवार, जेठ २१ गते २०८३

जनकपुरले कर्णालीविरूद्ध टस जितेर बलिङ रोज्यो

आइतवार , मंसिर २१, २०८२

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल)अन्तर्गत लिग चरणको अन्तिम खेलमा आज कर्णाली याक्स र साविक विजेता जनकपुर बोल्ट्स भिड्दैछन् । प्लेअफको दौडबाट बाहिरिसकेका दुवै टोलीआज प्रतिष्ठाका लागि खेल्नेछन् ।

कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तरराष्ट्रिय क्रिकेट मैदानमा जनकपुरले टस जितेर कर्णालीलाई पहिले ब्याटिङको निम्तो दिएको छ । प्रतियोगितामा दुवै टोलीले समान छ खेलबाट एक÷एक खेलमा मात्रै जित निकालेका छन् ।

प्रतियोगितामा सुदूरपश्चिम रोयल्स र विराटनगर किङ्स क्वालिफायरका लागि छनोट हुँदा काठमाडौँ गोर्खाज र लुम्बिनी लायन्सले एलिमिनेटरमा स्थान सुरक्षित गरिसकेका छन् ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट
ट्रेन्डिङ