logo

२०८१ बैशाख २८ शुक्रबार

logo
  • शुक्रबार, २८ बैशाख २०८१
  • अन्य मुलुकलाई सहयोग गर्न ‘५० करोड डोज’ खोप खरिद गर्दै अमेरिका

    अन्य मुलुकलाई सहयोग गर्न ‘५० करोड डोज’ खोप खरिद गर्दै अमेरिका

    3.1K
    Shares

    एजेन्सी  । विश्वका झण्डै सय देशलाई सहयोग गर्नका लागि अमेरिकाले दुई वर्ष भित्र ५० करोड डोज फाइजरले निर्माण गरेको खोप खरिद गर्ने भएको छ । 

    यो वर्षभित्र २० करोड खोपको मात्रा वितरण गरिनेछ भने बाँकी सन् २०२२ मा वितरण गरिने बीबीसीमा उल्लेख छ । संसारका कम आय स्रोत भएका र अफ्रिकी युनियनका मुलुकलाई खोप दिने जनाइएका छ । अमेरिकाले दिने यो खोप कोभ्याक्सअन्तर्गत बाँडिनेछ।

    रोयटर्स समाचार संस्थाका अनुसार अमेरिकी सरकारले ९२ वटा कम आय भएका देश र अफ्रिकी सङ्घलाई उक्त खोप सहयोग गर्ने जनाएको छ। अमेरिकाले यसअघि कोभ्याक्समार्फत ६ करोड खोपको मात्रा उपलब्ध गराउने घोषणा गरेको थियो।

    ह्वाइटहाउसका अधिकारीहरूले पछिल्लो चार सातामा फाइजररबायोएनटेकसँग खोप खरिदको सम्झौता गरेको उल्लेख गरिएको छ।  

    बाइडेन प्रशासनले यसअघि जुन अन्त्यसम्ममा ८ करोड डोज भ्याक्सिन विभिन्न मुलुकलाई दिने घोषणा गरिसकेको छ। त्यसको पहिलो लटमा २ करोड ५० लाख डोज कुन कुन क्षेत्रका मुलुकले पाउने भन्ने पनि एकिन भइसकेको छ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend