काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को पहिलो क्वालिफायरमा विराटनगर किंग्सलेले सुदूरपश्चिम रोयल्सविरुद्ध टस जितेको छ ।
विराटनगरका कप्तान सन्दीप लामिछानेले टस जितेर पहिले फिल्डिङ गर्ने निर्णय गर्दै सुदूरपश्चिमलाई ब्याटिङको निम्तो दिएका छन् ।
लिग चरणबाट सुदूरपश्चिम पहिलो र विराटनगर दोस्रो स्थानमा रहँदै प्लेअफमा पुगेपछि पहिलो क्वालिफायरमा आमने सामने भएका हुन्।
आजको खेलमा बिजेता बनेको टोली फाइनल प्रवेश गर्नेछ । प्रतियोगिताको फाइनल यही मङ्सिर २७ गते हुनेछ । साथै आज पराजित हुने टोलीले भने एलिमिनेटरको विजेतासँग फाइनल प्रवेशका लागि खेल्नेछ । अहिले एलिमिनेटरमा काठमाडौँ गोर्खाज र लुम्बिनी लायन्सबीच भिड्नेछन् ।
पहिलो संस्करणको उपविजेतासमेत रहेको सुदूरपश्चिम अङ्क तालिकाको शीर्ष र विराटनगर दोस्रो स्थानमा रहँदै पहिलो क्वालिफायरमा पुगेका हुन् । लिग चरणको खेलमा सुदूरपश्चिमले खेलेको सातमध्ये ६ खेलमा जित तथा एक खेलमा पराजय भोगेको थियो । त्यस्तै समान सात खेल नै खेलेको विराटनगरले पाँच खेल जित हासिल गरेको थियो ।
प्रतिक्रिया दिनुहोस